आइतबार, कार्तिक ९ गते २०८३

संयमित हुन र भ्रमपूर्ण हल्लाका पछि नलाग्न काठमाण्डाै जिल्ला संघकाे अपील

श्रावण २३, २०७९ सोमबार
संयमित हुन र भ्रमपूर्ण हल्लाका पछि नलाग्न काठमाण्डाै जिल्ला संघकाे अपील

जिल्ला सहकारी संघ लि. काठमाण्डौले बजारमा तरलता अभावको अवस्था चुलिएको भन्दै सहकारी संस्थाका सदस्यहरुलाई संयमित हुन अपील गरेको छ । मुलुकभर ७० लाख भन्दा बढि व्यक्ति कुनै न कुनै माध्यमबाट सहकारीसँग आवद्ध भएको भन्दै संघले तरलता समस्याको समाधानका लागि क्षमताले भ्याएसम्म अधिकतम प्रयत्न गर्न सञ्चालकलाई अपील गरेको छ । 

असहज अवस्थाको अन्त्यका लागि संघले छाता संगठन र नियामक निकायहरुसँग सहजीकरणका लागि भूमिका निर्वाह गरिरहेकाे र सहकारीकर्मीहरु मिलेर सुझबुझपूर्ण र धैर्यताकासाथ परिस्थितिको सामना गर्नुपर्ने अवस्था रहेकाे जनाएको छ । 

संघका अध्यक्ष ज्ञानबहादुर तामाङद्वार प्रेषित विज्ञप्तिमा तरलता संकटको विषम परिस्थितिमा नआत्तिन र भ्रमपूर्ण हल्लाको पछि नलाग्न सबै सहकारीकर्मी, संघसंस्था र सदस्यहरुमा अनुरोध गरिएकाे छ । 

jilla sangh kathmandu.jpg