शनिबार, कार्तिक ८ गते २०८३

सामूहिक साकोसको आयोजनामा व्यवसायिक योजना तथा बजेट तर्जुमा गोष्ठी

श्रावण २२, २०७९ आइतबार
सामूहिक साकोसको आयोजनामा व्यवसायिक योजना तथा बजेट तर्जुमा गोष्ठी


सामूहिक बचत तथा ऋण सहकारी पञ्च वर्षिय रणनितिक ब्यावसायिक योजना तथा आ.व. २०७९/८० बजेट र भावी कार्यदिशा सम्बन्धमा गोष्ठी आयोजना गरेको छ ।

संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायले उपस्थित सम्पूर्णमा स्वागत गर्दै शूरु गरिएको कार्यक्रममा  नेस्फ्कुनका पुर्व सिइओ कुवेर निरौलाले सहजिकरण गरेका थिए ।

कार्यक्रममा संस्थाका संचालक समिति, लेखा समिति, पूर्व अध्यक्ष र कर्मचारीहरु सहभागि रहेका थिए । गोष्ठीमा ब्यवसायिक योजना तथा बजेट माथि अन्तरक्रिया गर्दै आगामी दिनका लािग तयार गरिने बजेटका लागि मार्गनिर्देशन गरिएको थियो ।

कार्यक्रममा सहजकर्ताले नीतिगत ब्यवस्था, कानुनी व्यवस्था र आवश्यक तालिमहरुबारेमा प्रष्ट पारेका थिए । कार्यक्रममा सहभागिहरुबाट उठेका जिज्ञाषाको उत्तर दिँदै सहजकर्ता निरौलाले संस्था बलियो बनाउने आधारहरुलाई समेटेर संस्थामा दिगो बनाउन बचतलाई प्राथमिकता दिनुपर्ने, लागत बढि पर्ने बचतलाई न्यूनिकरण गर्दै जानुपर्ने जनाएका थिए ।