राष्ट्रिय सहकारी बैंक लिमिटेडले बैंकको सेवा सुविधामा थप सुधार तथा सहकारी क्षेत्रको संभावना, समस्या र समाधानका लागि अध्ययन अनुसन्धान र सुधारका लागि सुझाव दिने गरी सहकारी विद्वत समुह (थिंक ट्यांक) गठन गरेको छ ।
बैंकको सञ्चालक समितिका हिजोे सम्पन्न सञ्चालक समितिको वैठकले विद्वत समुह गठन गरेको हो । सहकारी लगायत वित्तीय क्षेत्रमा विभिन्न तहमा रहेर योगदान गरेका विशेषज्ञ तथा विषयसंग सम्बन्धित व्यक्तिहरुको सहभागितामा विद्वत समुह गठन गरिएको बैंकका अध्यक्ष के.बी.उप्रेतीले जानकारी दिए ।
विद्वत समुहका सदस्यहरुमा नेपाल राष्ट्र बैंकका पूर्व गर्भनर दिपेन्द्र बहादुर क्षेत्री, एशियाली ऋण महासंघका पूर्व अध्यक्ष ऋषिराज घिमिरे, विषयविज्ञ डा.भिष्म अधिकारी, डा.गोविन्दराज जोशी, डा. रामजीप्रसाद न्यौपाने,, डा. दिप बहादुर रावल, सहकारी अभियानकर्मीहरु डि.बी.वस्नेत, सरिता तिम्सिना भट्टराई, रामशरण शर्मा घिमिरे, केशव प्रसाद पोखरेल, विष्णु पाठक रहेका छन् ।
बैंकले दिने सेवा सुविधा, कानुनी संरचनाहरु लगायत सहकारी क्षेत्रको सवलीकरणका लागि आवश्यक सुझाव तथा समन्वयका लागि विद्वत समुहसंग समन्वय गरिने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले जानकारी दिए ।