शनिबार, कार्तिक ८ गते २०८३

सहकारी बैंकको आयोजनामा भएको सहकारी निवन्ध प्रतियोगितामा  उषा निरौला प्रथम 

श्रावण २०, २०७९ शुक्रबार
सहकारी बैंकको आयोजनामा भएको सहकारी निवन्ध प्रतियोगितामा  उषा निरौला प्रथम 


 राष्ट्रिय सहकारी बैंक लिमिटेडले सञ्चालन गरेको वित्तीय साक्षरतामा सहकारीको भुमिका विषयक निवन्ध लेखन प्रतियोगितामा झापाको मेची नगरस्थित कवि शिरोमणी मा.वि.का विद्यार्थी उषा निरौला प्रथम भएकी छन् ।

प्रतियोगितामा कास्की जिल्लास्थित बैंकको तालचोक शाखा अन्तरगतको विद्यालय लक्ष्मी आदर्श मा.वि.का विद्यार्थी सदिक्षा सुवेदी द्वितिय, काठमाडौंको थानकोटस्थित बलम्बु शाखा अन्तरगतको मंगलोदय मा.वि.इमाखेलका विद्यार्थी आनन्द महतो तृतिय भएका छन् । यस्तै बलम्बु शाखा अन्तरगतको मंगलो मा.वि कै जेशिका श्रेष्ठ र कञ्चनपुर जिल्लास्थित महेन्द्रनगर शाखा अन्तरगतको विद्यालय निङ्गलाशैनी मा.वि.का विद्यार्थी रोशनी चन्दले सान्त्वना पुरस्कार प्राप्त गरेको बैंकका शिक्षा, तालिम तथा सम्मान उपसमितिका संयोजक राम बहादुर जिसीले जानकारी दिए । 

 बैंकको १८ औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवसका अवसरमा ६८ वटै शाखा मार्फत एक एक वटा विद्यालयमा सहकारी बाल क्लव गठन गरिएको छ । क्लवमा आवद्ध विद्यार्थीहरुलाई सहकारी सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ गत असारमा वित्तीय साक्षरतामा सहकारीको भूमिका विषयक निवन्ध लेखन प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा देशभरका विभिन्न विद्यालयका ३२ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।  
  बैंकको २० औं स्थापना दिवस तथा कारोबार शुभारम्भ दिवुस कार्यक्रममा निवन्ध प्रतियोगितामा पुरस्कृतहरुको नामावली घोषणा गरिएको थियो ।

  पुरस्कृत विद्यार्थीहरुमध्ये प्रथम हुनेलाई १५ हजार, द्वितिय हुनेलाई १० हजार, तृतिय हुनेलाई ५ हजार तथा सान्त्वना हुनेलाई ३÷३ हजार नगद सहित सम्बन्धित शाखामार्फत पुरस्कार वितरण गरिने प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले बताए ।