आइतबार, कार्तिक ९ गते २०८३

राष्ट्रिय सहकारी बैंक २०औं वर्षमा, ६० अर्बको कुल सम्पत्ति

श्रावण १९, २०७९ बिहीबार
राष्ट्रिय सहकारी बैंक २०औं वर्षमा, ६० अर्बको कुल सम्पत्ति

 
राष्ट्रिय सहकारी बैंक स्थापनाको १९ वर्ष पार गरी २०औं वर्षमा प्रवेश गरेको छ । सहकारी ऐन बमोजिम सञ्चालनका साथै राष्ट्र बैंकबाट बैंकिङ कारोबारका लागि २०६० सालमा अनुमति पाएको थियो । सहकारी संस्थाको एकमात्र बैंकको रुपमा क्रियाशील बैंकले २ अर्ब ९१ करोड रुपैयाँ चुक्ता पुँजी पुर्याउन सफल भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को असार मसान्तसम्म संस्थाको कुल सम्पति ६० अर्ब पुर्याउन सफल बैंकले ७७ वटै जिल्लामा आफ्नो सदस्यता विस्तार गर्दै १५ हजारभन्दा बढी सहकारी संघ संस्थाहरुलाई आवद्ध गरेको छ ।

हाल राष्ट्रिय सहकारी बैंकका देशभर ६८ वटा शाखाहरु मार्फत सहकारी संघसंस्थाहरुलाई उत्कृष्ट बैंकिङ सुविधा प्रदान गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईंले जानकारी दिए ।

बैंकको आन्तरिक सबलीकरण तथा सुशासन कायम गर्दै नवीनतम प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय सञ्जालीकरणमा प्रभावकारी उपस्थिती, गुणस्तरीय सेवामार्फत् सहकारी संघसंस्थाको दिगो विकासमा टेवा पुर्याउँदै सहकारीहरूको आन्तरिक सबलीकरण र व्यावसायिक सफलताका लागि बैंकले वित्तीय तथा गैर–वित्तीय सेवाहरु प्रदान गरिरहेको उनले बताए । साथै ‘उत्कृष्ट वित्तीय सेवा सहितको सहकारी बैंक’ को रुपमा परिकल्पना गरी १० वर्षे रणनीतिक योजना तय गरी बैंक अघि बढिरहेको गुरागाईंले जानकारी दिए ।