आइतबार, कार्तिक ९ गते २०८३

अस्वाभाविक ब्याजको लोभमा बचत नगर्न सदस्यलाई महासंघको अपिल

श्रावण १७, २०७९ मंगलबार
अस्वाभाविक ब्याजको लोभमा बचत नगर्न  सदस्यलाई महासंघको अपिल

राष्ट्रिय सहकारी महासंघले  करिब एक बर्षदेखि देखिएको तरलता संकटको असर सहकारी क्षेत्रमा समेत देखिन थालेको भन्दै आफ्नो वित्तीय जोखिम विश्लेषण गरी सामान्य अवस्थामा भन्दा बढि तरलता कायम राख्न अपिल गरेको छ । 

महासंघले ९ बुद्धे अपिल जारी गर्दै विश्व  कोभिड–१९ को महामारी, रुस–युक्रेन युद्धसँगै वस्तु तथा सेवाहरुको मुल्यबृद्धि र मुद्रास्फीतिको असर पर्न गई नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा समेत लगानीयोग्य रकमको अभाव भएको अबस्थामा वितीय जोखिम विश्लेषण गरेर मात्र लगानी गर्न  सहकारी संघ संस्थालाई अनुरोध गरेको हो ।  जथाभावी लगानी गर्दा अहिले कतिपय सहकारी संस्थामा  तरलताको चाप पर्न गई सदस्यहरूलाई बचत फिर्ता गर्न कठिनाई भईरहेको  छ ।

त्यसैगरी महासंघले सदस्य एवंम् सरोकारवाला निकायहरुसँग संस्थाको वर्तमान अवस्थाको बारेमा निरन्तर समन्वय र सम्वाद जारी राख्न ,सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम आन्तरिक नियन्त्रण प्रणालीलाई चुस्त राख्दै संस्थागत सुशासन कायम गर्न रजोखिम विश्लेषण कार्यविधि तयार गरी जोखिम न्यूनीकरणका लागि योजनावद्ध तथा प्रभावकारी रूपमा असुलीमा केन्द्रित रहन आग्रह गरेको छ । 

 त्यसैगरी परिस्थिति सहज नहुदासम्म घरजग्गा लगायत अनुत्पादक क्षेत्र एवं ठूला लगानी नगर्न सहकारी संघ संस्थाहरुलाई अपिल गरेको छ ।  महासंघ, संघ एवं सहकारी बैंकले सञ्चालन गरेका स्तरीकरण कार्यक्रम एवं तालिमहरूमा सहभागी भई संस्थागत क्षमता मजवुद बनाउन र सहकारी अभियानको ऐक्यवद्धतालाई कायम राख्न माथिल्लो संघहरूसंग नियमित सम्पर्कमा रहदै यथासम्भव अभियानभित्रै कारोबार गर्न अपिल गरेको छ । राष्ट्रिय सहकारी बैंक, केन्द्रिय, प्रदेश तथा जिल्लास्तरीय संघहरूले आफ्ना सदस्य संस्थाहरूसंग नियमित सम्पर्क र समन्वय गरी संस्था संचालनमा आवश्यक सहजीकरण गर्न र  सदस्यहरूले समेत अस्वाभाविक ब्याजको लोभमा नपरी संस्थागत क्षमता भएका र सुशासनमा सञ्चालित संस्थाहरूसंग मात्र कारोबार गर्न महासंघको अपिल  छ । 

296478739_391527243085790_9190484128837638258_n.jpg