काठमाडौंको कुलेश्वरमा रहेको गौतमश्री बहुद्देश्यीय सहकारी संस्थाका सञ्चालकहरुले बचतकर्ताहरुको रकम फिर्ता नगरी फरार भएको भन्दै पीडितहरुले सहकारी विभागमा उजुरी दिएका छन् ।
आइतबार बिभागमा भेला भएर उनीहरुले सामूहिक रुपमा उजुरी दिएका हुन् । सञ्चालकहरुले सात दिनका लागि कार्यालय बन्द गर्ने भनिएतापनि सबै फरार रहेको र बचतकर्ताहरुको रकम फिर्ता नगरेको पीडितहको भनाई छ । उक्त संस्थाले बचतकर्ताहरुको करिब साढे ५ अर्ब रुपैया हिनामिना गरेको पाइएको छ ।
सञ्चालकहरु फरार भएपपछि अहिले सहकारीमा एभरेष्ट बैंकले सूचना टाँस गरेर सिल गरेको छ । पीडितले दिएको उजुरीका आधारमा सहकारी बिभागले सिआइबीलाइ पत्राचार गरिसकेको जनाएको छ ।
संस्थाका अध्यक्ष रामबहादुर गौतम र महाप्रबन्धक रविन्द्र विष्ट लगायत सबै पदाधिकारी सम्पर्कविहीन रहेको सदस्यहरूले बताए ।