सरकारले सन् २०२३(२०३३ लाई नेपाल भ्रमण दशक घोषणा गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज पर्यटन पुनरुत्थान कार्ययोजना सार्वजनिक गर्दै यस्तो घोषणा गरेको हो । मन्त्रालयले गैरआवासीय नेपाली संघको नेतृत्वमा ‘एक नेपाली एक विदेशी साथी नेपाल पठाऊ अभियान’समेत चलाउने भएको छ ।
प्रयोगमा न आएका विमानस्थललाई वैकल्पिक प्रयोगमा ल्याइने घोषण समेत मन्त्रालयले गरेको छ ।काठमाडौं उपत्यकाभित्र रात्रिकालीन पर्यटनको प्रारम्भ र प्रवर्धन गर्न काठमाडौं, पाटन, भक्तपुर र कीर्तिपुरमा रात्रिकालीन सम्पदा यात्रा आगामी दुई वर्षभित्र संचालन हुने समेत मन्त्रालयले जनाएको छ।
साथै, ६ महिनाभित्र नेपालमा यूएनडब्ल्युटीओ एसिया प्यासिफिक क्षेत्रको उच्चस्तरीय टुरिजम समिट आयोजना गर्ने र ४ महिनाभित्र अन्नपूर्ण आधार शिविरमा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटनमन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाका लागि पहल गरिने समेत कार्ययोजना छ । र्ययोजनामा ‘क्लिन नेपालः ग्रीन नेपाल’को अवधारणामा प्रदेश, स्थानीय सरकार तथा नागरिक समाज एवम् निजी क्षेत्रको सहकार्यमा १ महिनाभित्र कार्यक्रम शुरु गरिने बताइएको छ ।