आइतबार, कार्तिक ९ गते २०८३

सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभको २४औं स्थापना दिवसमा रक्तदान

श्रावण ५, २०७९ बिहीबार
सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभको २४औं स्थापना दिवसमा रक्तदान



सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभले रक्तदान कार्यक्रमको आयोजना गरी वार्षिकोत्सव मनाएको छ । संस्थाले २४ औं वर्षमा प्रवेश गरेको अवसरमा मुख्य कार्यालय पुल्चोकमा खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान जीवनदान भन्ने मुल नाराका साथ संस्थाले हरेक वर्ष स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । 

स्थापना दिवसको उपलक्ष्यमा आयोजित रक्तदान कार्यक्रममा ३ सय जनाले रक्तदान गरेको संस्थाले जनाएको छ । लायन्स क्लब अफ काठमाडौं, सुमेरु अस्पताल र नेपाल रेडक्रस सोसाईटीको सहयोगमा संस्थाले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 

संस्थले स्थापना दिवसकै अवसर पारेर धापाखेल रहेको सुमेरु अस्पतालमा मृगौला रोगबाट पीडित २४ जना बिरामीलाई सरकारी दररेट र सेवा सुविधामा मृगौला प्रत्यारोपण गर्ने घोषणा गरेको छ । अस्पतालले पहिले सम्पर्क गरेर आवश्यक प्रकृया पुरा गर्ने बिरामीलाई पहिलो प्राथमिकता दिने जनाएको छ ।

बचत तथा ऋणको कारोबारमा मात्र सीमित नरही संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा पिछडिएका, निम्न आय भएका र विपन्न वर्गका लागि पनि विभिन्न कार्यक्रम गर्दै आएको छ ।