शनिबार, आश्विन १७ गते २०८३

जलवायु–उत्थानशील र समावेशी विकासका लागि विश्व बैंकको सहयोग

आषाढ ३१, २०७९ शुक्रबार
जलवायु–उत्थानशील र समावेशी विकासका लागि विश्व बैंकको सहयोग


विश्व बैंकले नेपालका लागि पौने १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ ।  नेपालको हरित, जलवायु–उत्थानशील र समावेशी विकासमा सहयोग गर्ने उद्देश्यले उक्त ऋण स्वीकृत गरेको विश्व बैंकले जनाएको छ । ग्रीन, रेसिलियन्ट र इन्क्लुसिभ डेभलपमेन्टका तीन चरणका कार्यक्रममध्ये पहिलो चरणका कार्यक्रम कार्यान्वयन गर्न यो ऋण सहायता उपयोग हुने विश्व बैंकले जनाएको छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि निर्देशक फारिस हदाद जेभोसले कोभिड १९ महामारीपछि नेपालमा हरित र समावेशी विकासमा विश्व बैंकले सहायता केन्द्रित गरेको बताएका छन् । यो ऋण सहायता पानी, भूमीको प्रयोग, कृषि, वन, शहरी विकास, फोहोर व्यवस्थापन तथा प्रदूषण नियन्त्रणका क्षेत्रमा सरकारको मुख्य नीतिगत कार्यमा उपयोग गरिने भएको छ । यी कार्यक्रममार्फत कोभिड, प्रकोप, जलवायु र वातावरणीय जोखिमलगायत नेपालको विकासलाई असर गर्ने जटिल चुनौतीको सामना गर्दै गरिबी निवारणमा सहयोग पुग्ने विश्वास विश्व बैंकको  छ ।