शनिबार, कार्तिक ८ गते २०८३

थोक उपभोक्ता विशिष्टिकृत संघको अध्यक्षमा गिरी निर्वाचित

आषाढ २८, २०७९ मंगलबार
थोक उपभोक्ता विशिष्टिकृत संघको अध्यक्षमा गिरी निर्वाचित


प्रदेश नं.१ थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघको प्रथम साधारणसभाबाट  महेन्द्रकुमार गिरी अध्यक्षमा निर्वाचित भएका छन् । संघको  उपाध्यक्षमा टिकादत्त वन, सचिवमा प्रेम साकोटा, सदस्यहरुमा केवलीराम आचार्य, चित्रमान प्रधान, वीरेन्द्र यादव, सन्तोषकुमार मण्डल, रुकमणि कार्की र नविन खरेल निर्वाचित भएका हुन ।

त्यसैगरी संघको  लेखा सुपरीवेक्षण समिति संयोजकमा अमृत गुरुङ र सदस्यहरुमा गोपाल पौडेल तथा हरिकृष्ण अधिकारी सर्वसम्मत चयन भएका छन् । प्रदेश १ का ३६ वटा प्रारम्भिक सहकारी संस्थाले १ करोड ३६ लाख रुपैयाँ पुँजी संकलन गरी थोक उपभोक्ता विशिष्टिकृत सहकारी संघ स्थापना गरेका थिए । संघले विभिन्न सामानको बजार प्रवद्र्धन पनि सुरु  गरिसकेको छ ।