शनिबार, कार्तिक ८ गते २०८३

  शुभश्री साकोसद्धारा मोबाईल बैकिङ्ग  शुरु  

आषाढ २८, २०७९ मंगलबार
  शुभश्री साकोसद्धारा मोबाईल बैकिङ्ग  शुरु  


शुभश्री बचत तथा सहकारी संस्थाले मोबाईल बैकिङ्ग सेवा शुरु  गरेको छ । संस्थाले  सदस्यहरुलाई प्रविधिमा जोडेर वित्तीय सेवा दिने उदेश्यका साथ एम बैंकसँग सहकार्य गरेर मोबाईल बैकिङ्ग सेवा शुरु गरेको हो । सदस्यहरुलाई अत्याधुनिक मोबाइल बैंकिङ सेवामार्फत सहज, सरल र सुरक्षित भुक्तानीका लागि मोबाइल  बैकिङ्ग  शुरुवात गरिएको संस्थाले जनाएको छ ।  

अनलाइन वित्तीय प्रविधिको बढदो विकास  सदस्यहरुको आवश्यकता र चाहाना स्वरुप अब अत्याधुनिक बैंकिङ सेवा शुभश्री सहकारीका सदस्यहरुले आफ्नै मोबाइलमा प्रयोग गर्न सक्ने छन । यस मार्फत सदस्यहरूले घरबाटै शुभश्री सहकारीको मोवाईल बैंकिङ सेवा प्रयोग गरी पानी, विजुली, डिस होम, ईन्टरनेट, हवाई टिकट, मोवाईल रिचार्ज, सहकारीबाट बैकमा तथा बैकबाट सहकारीमा पैसा ट्रान्सफर, स्टेटमेन्ट, खातामा रकम ट्रान्सफर, वालेट लोड, , अनलाइन रेमिटान्स लगायत अन्य थुप्रै सेवाहरू सजिलै  लिन सक्नेछन् । 

संस्थाले सदस्यहरुका लागि सहकारी शिक्षा अभिमूखिकरण तथा मोबाईल बैकिङ्ग सेवा शुभारम्भ कार्यक्रमको आयोजना गरि उक्त सेवा शुर गरेको हो । संस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा  नेफ्स्कुनका व्यवसाय प्रमुख दुर्गा प्रसाद ढकालले सदस्यहरुलाई सहकारी शिक्षा सम्बन्धी तालिम  दिएका थिए । आफूले कमाएको केहि रकम भविष्यको लागि बचत गर्नु पर्ने भन्दै उनले बचत छुट्टाएर मात्रै खर्च गर्न सुझाए । वितीय स्वास्थ्य विग्रिदा त्यसको प्रभाव सबै क्षेत्रमा पर्न सक्ने हुँदा प्रत्येक सदस्य वितीय रुपमा स्वस्थ हुनु पर्नेमा उनले जोड दिए । कार्यक्रममा एम बैकका सिइओ विष्णु महर्जनले मोबाईल बैकिङ्ग प्रयोग गर्ने तरिका  र यसको प्रयोगबाट हुने फाईदाका वारेमा  सदस्यलाई जानकारी गराएका थिए । 

 

292124776_5368593749891275_8548008300417929503_n (1).jpgसंस्थाका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठले सेवालाई प्रविधीमैत्री बनाउदेै लैजाने उदेश्यका साथ मोबाईल बैकिङ्ग शुरु गरेको बताए । सदस्यहरुलाई क्रमश प्रविधी जोडेरमा वितीय  सेवा दिने योजना रहेको उनको भनाई छ ।  संस्थाका सचिव काशिभक्त कायष्ठले कार्यक्रम सञ्चालन गरेका थिए भने उपाध्यक्ष श्यामसुन्दर कायष्ठले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमा २ सय भन्दा बढि सदस्यको उपस्थिती रहेको थियो ।