शनिबार, आश्विन १७ गते २०८३

सामूहिक साकोसको आगामी वर्षको बजेट १ अर्ब ३ लाख

आषाढ २६, २०७९ आइतबार
सामूहिक साकोसको आगामी वर्षको बजेट १ अर्ब ३ लाख


सामूहिक साकाेसले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि बजेट तथा योजना तर्जुमा गरेको छ । 

संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको सभापतित्वमा लेखा सुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठको आतिथ्यतामा आयोजित बजेट तथा योजना तर्जुमा गोष्ठी सम्पन्न भएको हो । 

कार्यक्रममा संस्थामा व्यवस्थापक कविन्द्र धौवन्जारले आगामी आ.व २०७९।०८० का लागि जम्मा १ अर्ब ३ लाख बराबरका बजेट तथा योजना प्रस्तुत गरे ।

कार्यक्रममा बोल्दै संस्थाका लेखा सुपरिवेक्षक समिति संयोजक श्रेष्ठले व्यवस्थापन र संचालन समिति बीच एकरुप भएर संस्था एकीकरणलाई निरन्तरता दिँदै संस्था अघि बढ्नुपर्ने जनाए ।

गोष्ठीमा सहभागिहरुबाट छलफल तथा सुझाव संकलन गरि अबका दिनमा कार्यक्षेत्र विस्तार र सदस्यता वृद्धिलाई जोड दिँदैजानुपर्ने संस्थाका अध्यक्ष राजोपाध्यायले उल्लेख गरे ।

गोष्ठीमा संस्थाका सचिव कृष्णहरि सैँजु र कोषाध्यक्ष अशोकरत्न शाक्य लगायत संस्थाका संचालक समिति, पूर्व अध्यक्ष, सल्लाहकार तथा उपसमिति सदस्य र कर्मचारीहरुको सहभागिता रहेको थियो । 

samuhik 2.jpg