शनिबार, आश्विन १७ गते २०८३

भागे श्रीलंकाका राष्ट्रपति राजापक्षे, प्रदर्शनकारीको कब्जामा राष्ट्रपति भवन

आषाढ २५, २०७९ शनिबार
भागे श्रीलंकाका राष्ट्रपति राजापक्षे, प्रदर्शनकारीको कब्जामा राष्ट्रपति भवन

 

श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापक्षेले राष्ट्रपति भवन छाडेर भागेका छन् । आज बिहानैदेखि हजारौंहजार प्रदर्शनकारी राजधानी कोलम्बोमा जम्मा भएर उनीविरुद्ध प्रदर्शनमा उत्रिएका थिए । विलासी गाडीहरुको एक काफिला लिएर राष्ट्रपति एयरपोर्टतर्फ लागेको स्थानीय समाचारमाध्यमहरुले जनाएका छन् । 

जुलाईमा ९ का दिन राजापक्षेविरुद्ध उत्रन सबैलाई आव्हान गरिएको थियो । त्यसै आव्हानपछि हजारौं सर्वसाधारण नागरिक, राजनीतिक कार्यकर्ता, विद्यार्थी युनियनका सदस्यहरू, ट्रेड युनियनका सदस्यहरू, पादरी र अन्य श्रीलंकाको राजधानी कोलम्बोमा विशाल प्रदर्शनका लागि बाटोमा निस्किएका छन् । 

srilanka 3.jpg

राष्ट्रपति भवन कब्जा लिएर उनीहरुले झण्डा तथा ब्यानर समेत टाँगेका छन् । सुरक्षाकर्मीले कुनै प्रतिरोध गरेको छैन । शहरका विभिन्न ठाउँमा भने सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप भएका छन् । केहि स्थानमा भीड तितरवितर गर्न सुरक्षाकर्मीले 

लामो समयदेखि आर्थिक संकटतर्फ लम्किएको श्रीलंका हालसम्मकै खराब ऊर्जा संकटको अवस्थामा छ । सार्वजनिक र निजी यातायात सेवा संकटमा परेका छन् । सर्वसाधारणको जीवनयापन कठिन बनेको छ । 

srilanka 2.jpg