शनिबार, कार्तिक ८ गते २०८३

सहकारी कर्जा सूचना केन्द्र छिट्टै सञ्चालनमा आउने, विभागले थाल्यो सरोकारवालासँग छलफल

आषाढ २३, २०७९ बिहीबार
सहकारी कर्जा सूचना केन्द्र छिट्टै सञ्चालनमा आउने, विभागले थाल्यो सरोकारवालासँग छलफल

 सहकारीकर्मीहरुले  लामो समयदेखि कर्जा सूचना केन्द्र सञ्चालनको माग हुदै आएकोमा अब  चाडै सञ्चालन हुने भएको छ ।  विगत लामो समयदेखि  सहकारी अभियानको तर्फबाट  राट्रिय सहकारी महासंघले समेत  कर्जा सूचना केन्द्र सञ्चालनका लागि पहल गर्दै आएको थियो । सहकारी ऐन, २०७४ को दफा ८१ मा कर्जा सूचना केन्द्र स्थापना तथा सहकारी नियमावली, २०७५ को नियम ३७ मा कर्जा सूचना केन्द्र विशिष्टीकृत सहकारी संघको ढाचामा स्थापना हुने उलेख्य छ । तर ऐन आएको लामो समय बित्दा समेत त्यसको प्रक्रिया अगाडी नबढाएको भन्दै सहकारीकर्मीहरुले विरोध गर्दै आएका थिए ।

सहकारी विभागद्धारा आज  दशवर्षे रणनीतिक सोचपत्र र सहकारी कर्जा सूचना केन्द्र सम्वन्धि सरोकारवालाहरूसंग अन्तरक्रिया तथा छलफल कार्यक्रमको आयोजना गरिएको थियोे । कार्यक्रमको प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठले विभागले तयार पारेको दशवर्षे भिजन पेपर र सहकारी कर्जा सूचना केन्द्र स्थापना र सञ्चालन सम्वन्धि  अवधारणापत्र यथासक्य चाडो अन्तिम रूप प्रदान गर्न आग्रह गरिन् । कर्जा सूचना केन्द्र स्थापना गरी सहकारीको रहेको जोखिम हटाउनुपर्नेमा समेत उनले जोड दिइन् ।

 महासंघका अध्यक्ष मीनराज कंडेलले वित्तीय कारोवार गर्ने सहकारी संघ÷संस्थाको जोखिम न्यूनीकरण तथा वित्तीय सुसाशनका लागि यथासक्य चाडो कर्जा सूचना केन्द्र स्थापना हुनुपर्ने बताए । सहकारी विभागका रजिष्ट्रार रूद्र प्रसाद पण्डितद्धारा प्रस्तुत कर्जा सूचना केन्द्र स्थापना तथा संचालन सम्वन्धि अवधारणापत्रमा कर्जा सूचना केन्द्रको अवधारणा, समस्याको पहिचान तथा विश्लेषण, आवश्यकता किन ? ऐन नियममा भएका व्यवस्थाहरू, दुविधा एवं चुनौतीहरू तथा आगामी कार्यदिशावारे विस्तृत रुपमा  प्रस्तुतिकरण गरेका थिए  । त्यसै गरी दशवर्षे रणनीतिक सोचपत्र समेत पेश भएको उक्त कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरुले सुझाव दिएका थिए ।