शनिबार, कार्तिक ८ गते २०८३

 दर्शन साकोसको तेस्रो सेवा केन्द्र मच्छे गाउँमा

आषाढ २३, २०७९ बिहीबार
 दर्शन साकोसको तेस्रो सेवा केन्द्र मच्छे गाउँमा


दर्शन बचत तथा ऋण सहकारी संस्थाले  चन्द्रागिरि नगरपालिकामा सेवा केन्द्र  विस्तार गरेको  छ ।  संस्थाले चन्द्रागिरि नगरपालिकाको वडा न. ९ मच्छे गाउँमा सेवाकेन्द्र विस्तार गरेको हो । संस्थाका अध्यक्ष दिनेश दर्शनधारीको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष के बी उप्रेती र महानायक शिव सुन्दर श्रेष्ठले  सयुक्त  रुपमा सेवा केन्द्रको  उद्घाटन गरेका हुन्  । 

290699466_594555835437780_6391175802747006993_n.jpg

त्यसैगरि  संस्थाले चन्द्रागिरि सेवा केन्द्रमा एटिएम सेवा  समेत  सञ्चालनमा ल्याएको   संस्थाका प्रमुख कार्यकारी अधिकृत सुवर्ण महर्जनले जानकारी दिए  । चन्द्रागिरि सेवा केन्द्र तेस्रो सेवा केन्द्र भएको समेत उनले बताए  । मच्छे गाउँ सेवा केन्द्रमा ५०० माथी सदस्य आवद्ध रहेका छन् । संस्थाले यस अघि खुशीबु नयाँबजार र घट्टेकुलोमा  सेवा  केन्द्र स्थापना गरि  सदस्यहरुलाई वितीय सेवा दिदै आएको छ । 

 संस्थाले कीर्तिपुरको पाँगा दोबाटो, नेपाल टेलिकमसँगै रहेको टिभिएस शोरुममा  यस अघि नै एटिएम मेशिन सञ्चालनमा ल्याएको थियो । संस्थाले माच्छापुच्छ्रे बैंकको समन्वयमा एससीटी नेटवर्कसँग सहकार्य गरेर एटिएम सेवा सञ्चालनमा ल्याएको हो ।

सदस्यहरुलाई प्रविधिमैत्री सेवा दिने उद्देश्यले  संस्थाले  मोबाइल तथा एसएमएस बैंकिङ, क्युआर कोड सञ्चालनमा ल्याइसकेको छ भने बजार प्रतिनिधिले एपको प्रयोग गरी सदस्यहरुबाट बचत संकलन गर्दै आएका छन् । ८ हजार शेयर सदस्य रहेको संस्थाले  किर्तिपुरमा  आफ्नै सुविधासम्पन्न भवनबाट सदस्यहरुलाई सेवा दिँदै आए छ ।  संस्थाको कार्यक्षेत्र काठमाण्डौ महानगरपालिका, कीर्तिपुर र चन्द्रागिरि नगरपालिका रहेको छ ।