शनिबार, कार्तिक ८ गते २०८३

बज्रवाराही साकोसले स्वरोजगार कर्जा दिने,इच्छुक सदस्यलाई आवेदन दिन संस्थाको आग्रह

आषाढ २३, २०७९ बिहीबार
बज्रवाराही साकोसले स्वरोजगार कर्जा दिने,इच्छुक सदस्यलाई आवेदन  दिन  संस्थाको आग्रह

 

मकवानपुरको जिल्लाको थाहा  नगरपालिकामा रहेको श्री बज्रवाराही बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार कर्जा लगानी गर्ने भएको छ ।

संस्थाले आफ्नो कार्यक्षेत्र भित्रका युुवाहरुको व्यवसायलाई बृद्धि गर्ने तथा बेरोजगार युवाहरुलाई व्यवसाय सञ्चालन गर्न लगाई स्वरोजगार बनाउने उदेश्यले कर्जा लगानी गर्न लागेको व्यवस्थापक रन्जीत अर्यालले बताए ।संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोष अन्तर्गतको ऋण लगानी कार्यक्रम अगाडी बढाएको उनले जानकारी दिए । संस्थाको कार्यक्षेत्रभित्र स्थायी  बसोबास भएको ,स्थानियस्तर सुहाउदो व्यवसाय संचालन गरेको तथा गर्ने योजना बनाएको  र १८ बर्ष पुरा गरि ५० बर्ष ननाघेको व्यतिलाई स्वरोजगार कर्जा दिने उनको भनाइ छ  ।

आगामी श्रावणसम्म ३ गतेसम्म इच्छुक सदस्यले ऋण आवेदेन दिन सक्ने संस्थाले जनाएको छ । ऋण आवेदनका लागि शैक्षिक योग्यताको प्रमाण पत्र, व्यवसाय दर्ता भए सो को प्रमाणपत्र, वय्वसाय सम्बन्धी तालिम लिएको भए सो को प्रमाणपत्र, व्यवसायीक  परियोजना,नागरिकताको प्रतिलिपि, जर्गा धनिपुर्जाको प्रतिलिपि र पासपोर्ट साईजको फोटो चाहिने संस्थाले जनाएको छ ।