जिल्ला बचत तथा ऋण सहकारी संघको चाँगुनारायण नगर सहकारी समन्वय उपसमितिको आयोजनामा “सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन, कोपमिस र गोएएमएल” विषयक अन्र्तरक्रिया कार्यक्रम सम्पन भएको छ । कार्यक्रमका प्रमुख अतिथि चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले सहकारी निर्देशन समुदायमा आधारित सहकारी संस्थाको लागि सकारात्मक रहेको बताए ।
निर्देशन गैरसमुदायीयक संस्थालाई नियम संगत संचालन गर्न सचेत गराएको भन्दै उनले निर्देशन समुदायमा आधारित सहकारी संस्थाको पक्षमा रहेकोले यसको पालना गर्नुपर्नेमा जोड दिए । चाँगुुनारायण नगरपालिकाले स्थानीय सहकारी संस्थाको प्रबद्र्धन र विकासका लागि नगरसभाले नीति तथा कार्यक्रम सहित बजेट समेत पारित गरेको सो अबसरमा उनले जानकारी दिए ।
संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले सहकारी विभागबाट जारी ३५ बुँदे निर्देशन विषयमा प्रस्तुत गर्दै निर्देशनले हाल प्रक्रिया नपु¥याई दर्ता भएका बहुउद्देश्यीय सहकारीबारे मौन देखिएको र सहकारी सबैले वेवसाइट राख्ने र अद्यावधि गर्न नसकिने हुँदा सहकारीको कारोबारको आधारमा बर्गिकरण गरी अनिवार्य गर्नुपनेैमा जोड दिए ।
संघका व्यवस्थापक बालकृष्ण धोजुले कोपमिसको परिचय, कोपमिस प्रयोग गर्दाको फाइदा र हाल कोपमिसमा भएको अद्यावधिकाबारेमा प्रस्तुत गरेका थिए । साथै गोएमएलमा दर्ता र प्रतिवेदनहरु कसरी अनलाइनबाट बुझाउने भन्नेबारेमा समेत प्रस्तुतीकरण दिए । राज्यले सहकारी प्रबद्र्धन र विकासको लागि नै नयाँ प्रविधिहरुको विकास गरिने भएकोले कोपमिस र गोएमएल सफ्वेयरमा आबद्ध भई कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो ।
कार्यक्रमका सभापति संघका संचालक एवम् उपसमितिका सन्तोषी खतिवडा कार्यक्रममा प्रस्तुत भएको ३५ बुँदे निर्देशन, कोपमिस र गोएमएलमा आबद्धताले संस्था अझ नीतिगत रुपमा सबल हुने बताईन । हाल सहकारी ऐन, नियम र निर्देशनको पालना नगर्ने सहकारीहरु समस्याहरु देखिएको छ । ती समस्याले गर्दा सहि ढंगले संचालन गरेका सहकारीलाई पनि लजित र अविश्वासको वातावरण सिर्जना हुनेतर्फ उनले सचेत गराइन । अन्र्तक्रिया कार्यक्रममा चाँगुनारायण नगरका सहकारी संस्थाका अध्यक्ष र व्यवस्थापक गरी ३१जनाको सहभागिता रहेको थियो भने कार्यक्रमको संचालन उपसमितिका सदस्य लिला नाथ निरौलाले गरेका थिए ।