शनिबार, कार्तिक ८ गते २०८३

सामूहिक साकोसको तेस्रो विस्तारित मञ्च सम्पन्न 

आषाढ १९, २०७९ आइतबार
सामूहिक साकोसको तेस्रो विस्तारित मञ्च सम्पन्न 


सामूहिक बचत तथा ऋण सहकारी संस्थाको २५औं स्थापना दिवस एवं आ.व. २०७९।०८० को अनुमानित बजेट, नीति तथा कार्यक्रम सम्बन्धी विस्तारित मञ्च कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायबाट संस्थाको २५औं स्थापना दिवसको औचित्य र तयारी सम्बन्धमा प्रष्ट पारेका थिए । संस्था अघि बढ्नका लागि आवश्यक मार्गनिर्देशन सहित आन्तरिक प्रक्रियाका बारेमा बोल्दै लेखा समिति संयोजक नित्यनाथ श्रेष्ठले संस्थालाई  दिगो बनाउने लक्ष्य लिनुपनमा जोड दिए ।

संस्थाका कोषाध्यक्ष अशोकरत्न शाक्यले  अहिले सबै बैंक तथा वितीय संस्थामा तरलताको समस्या भएकोले सो समस्याले सामूहिकमा ठुलो असर पर्नबाट बच्न समाधानका लागि व्यवस्थापन पक्षले ध्यान दिनु पर्ने बताए ।  

त्यसका साथै  सबैले  आ आफ्नो पक्षबाट कोशिस गर्नुपर्ने समेत उनको भनाई छ ।  संस्थाका सचिव तथा विस्तारित मञ्च कार्यदलका संयोजक कृष्णहरि सैँजुले संस्थाले सदस्य केन्द्रित कार्यक्रममा साधारण सभा बाहेक पनि अन्य कार्यक्रमबाट सदस्यको राय सल्लाह लिन सकेमा संस्था अघि बढ्न सहज हुने बताए । व्यवस्थापक कविन्द्र धौवन्जारले प्रस्तुतीकरण गरिएको उक्त कार्यक्रममा जम्मा ३१ जनाको सहभागिता रहेको थियो ।