शनिबार, कार्तिक ८ गते २०८३

सहकारी व्यवस्थापन एवं लेखा व्यवस्थापनबारे ३ दिने तालिम सम्पन्न

आषाढ १५, २०७९ बुधबार
सहकारी व्यवस्थापन एवं लेखा व्यवस्थापनबारे ३ दिने तालिम सम्पन्न

काभ्रेपलाञ्चोकमा सहकारी व्यवस्थापन एवं लेखा व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको लागत सहभागितामा सभा सम्पन्न भएको हो । 

जिल्ला प्रशासन कार्यालय, काभ्रेका प्रमुख जिल्ला अधिकारीको हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो । समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लामा रहेका सहकारी संस्थाहरु प्रवद्र्धनको लागि जिल्ला सहकारी संघले गरेको काम उल्लेखनीय रहेको र नेपालको संविधानले सहकारीको क्षेत्रको बारेमा विभिन्न अनुसूचीहरुमा समेत उल्लेख गरेको हुँदा आम समुदायको विकासमा यसको महत्व रहेको धारणा राखेका थिए । 

तालिममा सहभागीहरुलाई सहकारी के हो, सहकारीका सिद्धान्त, मूल्य मान्यता अवधारणा सहित सहकारीमा लेखा भनेको के हो ? यसको महत्व, सहकारीका विभिन्न कोषहरु, सहकारीका ४ खाताहरु आम्दानी खर्च सम्पति दायित्व लगायतका विषयमा व्यवहारिक अभ्यास सहित समूगत रुपमा प्रशिक्षण दिइएको थियो । 

प्रशिक्षण कार्यक्रममा आभाष साकोसका प्रमुख व्यवस्थापक सुवास बैद्यले सहकारीका समस्या समाधानका उपाय तथा व्यवहारिक ज्ञान सम्वन्धि सहजिकरण गरेका थिए । जिल्ला सहकारी संघका शिक्षा तालिम व्यवस्थापनका संयोजक तथा सञ्चालक सदस्य ठाकुरनाथ अधिकारकिो सभापतित्वमा सम्पन्न भएको थियो । 

कार्यक्रममा जिल्ला सहकारी संघ लि. का अध्यक्ष दिलिप शर्माले जिल्ला सहकारी संघ लि. ले हालसम्म गर्दै आएका प्रवद्र्धनात्मक कार्यहरुको चर्चा गर्दै सहकारीको क्षेत्रमा उत्कृष्ट जिल्ला सहकारी संघको रुपमा विकास गर्न यसको क्षमता विकास, तालिम, अन्र्तक्रिया, छलफल लगायतका कार्यक्रमहरु आगामी बर्षहरुमा समेत गर्दै जाने र यसका लागि जिल्ला सहकारी संघ लि. र संघ संस्थाहरु बीचको सम्वन्ध आर्थिक, सामाजिक रुपले अगाडि बढाउँदै लानु पर्ने धारणा राख्दै सबैलाई धन्यवाद ज्ञापन गरे ।  विभिन्न संघसंस्थाका ४३ जना सहभागिहरु तालिममा उपस्थित रहेका थिए । कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो । सहभागिहरुले ३ दिने तालिम कायृक्रम फलदायि रहेको र यसले संस्थाको विकासमा सहयोग पुग्ने धारणा समेत सहभागिहरुले मन्तब्यको क्रममा राखेका थिए । 

काभ्रेपलाञ्चोकमा सहकारी व्यवस्थापन एवं लेखा व्यवस्थापन सम्बन्धी ३ दिने तालिम सम्पन्न भएको छ । जिल्ला सहकारी संघ काभ्रेपलाञ्चोकको आयोजना तथा बागमती प्रदेश सहकारी विकास बोर्डको लागत सहभागितामा सभा सम्पन्न भएको हो । जिल्ला प्रशासन कार्यालय, काभ्रेका प्रमुख जिल्ला अधिकारीको हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो । समारोहमा बोल्दै प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जिल्लामा रहेका सहकारी संस्थाहरु प्रवद्र्धनको लागि जिल्ला सहकारी संघले गरेको काम उल्लेखनीय रहेको र नेपालको संविधानले सहकारीको क्षेत्रको बारेमा विभिन्न अनुसूचीहरुमा समेत उल्लेख गरेको हुँदा आम समुदायको विकासमा यसको महत्व रहेको धारणा राखेका थिए । 

तालिममा सहभागीहरुलाई सहकारी के हो, सहकारीका सिद्धान्त, मूल्य मान्यता अवधारणा सहित सहकारीमा लेखा भनेको के हो ? यसको महत्व, सहकारीका विभिन्न कोषहरु, सहकारीका ४ खाताहरु आम्दानी खर्च सम्पति दायित्व लगायतका विषयमा व्यवहारिक अभ्यास सहित समूगत रुपमा प्रशिक्षण दिइएको थियो । 

प्रशिक्षण कार्यक्रममा आभाष साकोसका प्रमुख व्यवस्थापक सुवास बैद्यले सहकारीका समस्या समाधानका उपाय तथा व्यवहारिक ज्ञान सम्वन्धि सहजिकरण गरेका थिए । जिल्ला सहकारी संघका शिक्षा तालिम व्यवस्थापनका संयोजक तथा सञ्चालक सदस्य ठाकुरनाथ अधिकारकिो सभापतित्वमा सम्पन्न भएको थियो । 

290160167_571235337709044_7705128393448948498_n.jpg