शनिबार, आश्विन १७ गते २०८३

टेक्सासमा एक ट्रकमा भेटियो ४६ जनाको लाश, अवैध मानव ओसारपसारको आशंका

आषाढ १४, २०७९ मंगलबार
टेक्सासमा एक ट्रकमा भेटियो ४६ जनाको लाश, अवैध मानव ओसारपसारको आशंका

 

अमेरिकी शहर टेक्सास नजिकै एक ट्रक र आसपासमा ४६ जनाको लाश फेलापरेको छ । टेक्सास सिटीको सान एन्टोनियोको बाहिरी भागमा सडक किनारमा उक्त ट्रक बेवारिसे अवस्थामा भेटिएको थियो । 

सान एन्टोनियोका अग्निसमन विभाग प्रमुख चार्ल्स हुडले लगभग ४६ वटा शवहरू फेला पारेको स्थानीय पत्रकारहरुलाई जानकारी दिएका छन् । उनीहरु गैरकानुनी रुपमा अमेरिका प्रवेश गर्न चाहने  आप्रवाशीहरु भएको प्रारम्भिक अनुमान गरिएको छ । मृतकको उमेर वा राष्ट्रियताबारे प्रारम्भिक विवरण भने आएको छैन।

 १२ जना वयस्क र चार बालबालिका गरी १६ जनालाई जिउँदै र सचेतन अस्पताल लगिएको उनले बताए। 

घटनामा संलग्न भएको आशंकामा तीन जनालाई हिरासतमा लिएको अधिकारीहरुले बताएका छन् । सान एन्टोनियोका मेयर रोन निरेनबर्गले पत्रकार सम्मेलनमा भने, “आज राती हामी एउटा भयानक मानवीय त्रासदीको सामना गरिरहेका छौं।” उनले भने ‘हामी आशा गर्दछौं कि यी मानिसहरूलाई यस्तो अमानवीय अवस्थामा पु्याउनने दोषी व्यक्तिहरूलाई कानूनको हदैसम्म कारबाही गरिनेछ।’

सान एन्टोनियो, मेक्सिकोतर्फको सीमाबाट २५० किलोमिटर टाढा रहेको छ भने मानव तस्करहरूको लागि प्रमुख ट्रान्जिट मार्ग रुपमा परिचित रहेको छ ।

त्यस क्षेत्रमा सोमबार उच्च तापमान ३९.५ सेल्सिय रेकर्ड गरिएको ट्रकमा कोचिएका मानिसहरु अत्यधिक गर्मी खेप्नु परेको र पिउने पानी समेत नभएको अवस्थामा थिए । 

त्यहाँको दृष्य उद्धृत गर्दै हुडले भने, “हामीले ट्रक खोलेर जस्तो शवको थुप्रो देख्यौं, हामी मध्ये कोही त्यो कल्पना गर्न समेत सक्दैनौं ।”

– एजेन्सीहरू