शनिबार, कार्तिक ८ गते २०८३

वित्तीय समस्यामा परेको देउराली बहुउद्देश्यीयले टोकन बाँडेर बचत फिर्ता गर्दै

आषाढ १३, २०७९ सोमबार
वित्तीय समस्यामा परेको देउराली बहुउद्देश्यीयले टोकन बाँडेर बचत फिर्ता गर्दै

 

वित्तीय समस्यामा परेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाले टोकनप्रणालीमार्फत सदस्यहरुलाई न्यून बचत फिर्ता दिन थालेको छ । 

संस्थामा आउने सदस्यहरुलाई टोकन दिएर पठाउने आफ्नो पालोमा आउनेलाई हाललाई १० हजार रकमसम्म फिर्ता गरिरहेको छ । दैनिक ३०० देखि ४०० सदस्यलाई १० हजारका दरले रकम फिर्ता गर्दै आएको बुझिएको छ । आगामी असार २७ गतेसम्मका लागि संस्थाले टोकन वितरण गरेको जनाएको छ । हाललाई बचत फिर्ताको सीमा १० हजार राखिएको र श्रावण महिनादेखि रकमको सीमा बढ्ने संस्थाले जनाएको छ ।

सदस्यहरुबाट झण्डै ३ अर्ब बचत संकलन गरेको उक्त संस्थाले अनुत्पादन क्षेत्र र सञ्चालकको निजी व्यवसायमा लगानी गर्दा संस्थाको तरलता व्यवस्थापनमा समस्या देखिएको । जेठको अन्तिम साता वित्तीय संकटमा परेको संस्थाले केहि दिनसम्म सदस्यहरुलाई ससानो बचत समेत फिर्ता गर्न सकेको थिएन । 

संस्था बन्द गरी फरार हुने दाउमा रहेका सञ्चालक समितिका पदाधिकारीहरुलाई बजारमा नकारात्मक सन्देश जाने भन्दै ललितपुरका सहकारीकर्मीहरुले कार्यालय निरन्तर सञ्चालन गरी समस्यासँग जुध्न सुझाव दिएका थिए । सोही अुनरुप संस्थाले कार्यालय सञ्चालन गरी सदस्यहरुलाई बचत फिर्ता गर्न शुरु गरेको हो ।