शनिबार, कार्तिक ८ गते २०८३

खुल्ला रक्तदान कार्यक्रम आयोजना गरी सहकाली साकोसले मनायो स्थापना दिवस

आषाढ १३, २०७९ सोमबार
खुल्ला रक्तदान कार्यक्रम आयोजना गरी सहकाली साकोसले मनायो स्थापना दिवस

 

सहकाली बचत तथा ऋण सहकारी संस्थाले स्थापना दिवसको अवसरमा बृहत् खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

कागेश्वरी मनहरा नगरपालिकाको काँडाघारीमा अवस्थित उक्त संस्थाले १६औं स्थापना दिवसको अवसर पारेर बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा भक्तपुरको प्राविधिक सहयोग गरिएको कार्यक्रममा ९७ जनाले रक्तदान गरेका थिए । संस्थाका अध्यक्ष राधेश्याम खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संस्थाका सञ्चालक समिति, लेखा समिति, कर्मचारी र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष खड्काले बताए । अहिले पनि विरामी, घाइते तथा सुत्केरीहरुका लागि अत्यावश्यक पर्ने रगतको अभाव कायमै रहेको अवस्थामा संस्थाले केहिमात्रामा भएपनि रगतको अभावलाई कम गर्ने उद्देश्यका साथ रक्तदान गरिएको उनले जानकारी दिए । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गन विगतमा पनि सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण, बाटोघाटो निर्माण, किरिपुत्री भवन निर्माणमा आर्थिक सहयोग जस्ता थुप्रै क्रियाकलाप गर्दै आएको छ । 

२०६४ सालमा स्थापना भएको संस्था त्यस भेगकै अग्रणी संस्थाको रुपमा परिचित छ । आफ्नै सुविधासम्पन्न भवनबाट सदस्यहरुलाई आधुनिक र प्रविधिमैत्री वित्तीय सेवा संस्थाले प्रदान गर्दै आएको छ । सदस्य र समुदाय केन्द्रीत रहेर वित्तीय कारोबार गर्दै आएको संस्थामा हालसम्म ४३०० सदस्य, ११ करोड ३२ लाख ९१ हजार शेयरपुँजी, १८ करोड ५ लाख जगेडा तथा अन्य कोष र २ अर्ब २५ करोडको कुल सम्पत्ति पुगेको छ । 

sahakali 1.jpg