जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकको आयोजनामा ‘सहकारी व्यवस्थापन तथा लेखा व्यवस्थापन’ तालिम आज देखि बनेपामा सुरु भएको छ । बागमती प्रदेश सहकारी विकास बोर्ड मकवानपुर हेटौडा र जिल्ला सहकारी संघ लि. काभ्रेको लागत सहभागितामा सञ्चालित उक्त कार्यक्रम ३ दिनसम्म हुनेछ ।
जिल्लामा रहेको सबै प्रकृतिका सहकारी संस्थाहरुबाट ४२ जना कर्मचारी तथा लेखा सुपरिवेक्षण समितिका सदस्यहरु तालिममा सहभागी रहेका छन् ।
कार्यक्रममा सहकारीको परिचय, सिद्धान्त, मूल्य मान्यता, ईतिहास, सहकारीको व्यवस्थापन, सञ्चालक समितिका सञ्चालक समिति, लेखा सुरिवेक्षण समिति, पदाधिकारीहरुको भूमिका तथा जिम्मेवारी सहित लेखाको परिचय, सिद्धान्त सहकारी संस्थामा यसको महत्व लगायत व्यवहारिक अभ्यासका क्रियाकलाप समेत तय गरिएको संघले जनाएको छ ।
जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले तालिमको उद्घाटन गर्दै जिल्ला भित्र रहेका सहकारी संघ÷संस्थाहरुको प्रवद्र्धन र विकासका लागि व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका व्यवस्थानका कर्मचारीहरुलाई क्षमतावान बनाउन यस्तो खालको तालिमले सहयोग पुग्ने बताए । अभिभावकीय संघ रहेका कारण यो र यस्तै कार्यक्रमले संस्थामा सुसासन, पारदर्शीता र जवाफेहिता कायम हुन मद्धत मिल्ने उनको भनाई थियो ।
कार्यक्रमलाई आभाष साकोसका व्यवस्थापनका प्रमुख सुवास बैद्यले सहजिकरण गर्नेछन् भने कार्यक्रमको व्यवस्थापन संघका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र दाहालले गर्नेछन् ।
कार्यक्रम जिल्ला सहकारी संघ लि. का सञ्चालक सदस्य तथा शिक्षा तालिम व्यवस्थापन उप समितिका संयोजक ठाकुरनाथ अधिकारीले गरेका थिए ।
संघले आगामी १७ गते कोपोमिस सम्बन्धि सहकारी संस्थाहरुका बीच व्यवहारिक रुपमा आवद्ध कसरी हुन सकिन्छ भन्ने बारेमा सहकारी विभागको सहजिकरणमा जिल्लाका १०० जना सहकारीकर्मीहरुलाई भेला गराएर कार्यक्रमको आयोजना गर्ने जनाएको छ ।
