काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रममा सहकारी संस्थाको दर्ता, नविकरण कार्यलाई विद्युतीय प्रणालीमा आवद्ध गराउने जनाएका छन् ।
त्यसैगरी बचत तथा ऋणको कारोबार गर्ने सहकारीको जोखिम व्यवस्थापनका लागि अनुगमन संयन्त्र गठन गरी परिचालन गरिने उनले जनाएका छन्। सहकारी संस्थाहरुको क्षमता अभिवृद्धि गरी सेवा प्रवाहमा थप प्रभवकारिता ल्याउन सहकारी संस्थाहरुलाई एकिकरण गर्ने कार्यलाई प्रोत्साहन दिने र संकटग्रस्त सहकारीलाई संघ, प्रदेश र सम्बन्धित स्थानीय तहसँगको समन्वयमा प्रभावकारी व्यवस्थापनको लागि संथागत प्रबन्ध मिलाई सुधारका आवश्यक कार्य गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।