आइतबार, कार्तिक ९ गते २०८३

शुभप्रभात साकोसको १४ औं स्थापना दिवसमा रक्तदान,१२४ जनाले गरे रक्तदान

आषाढ ३, २०७९ शुक्रबार
शुभप्रभात साकोसको  १४ औं स्थापना दिवसमा रक्तदान,१२४ जनाले गरे रक्तदान

सिन्धुपाल्चोक जिल्लाको बाह्रविसेमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्रतदान कार्यक्रमको आयोजजना गरेको छ । संस्थाले १४ औं स्थापना दिवसको अवसरमा  रक्तदान कार्यक्रम आयोजना गरेका हो ।संस्थाको कार्यालय परिसरमा आयोजना गरिएको  रक्तदान कार्यक्रममा १ सय २० जनाले रक्तदान गरेका थिए ।

सुरक्षाकर्मी, बैंक तथा वितीय संघसंस्थाका कर्मचारी, संचालक समिति, बिभिन्न उपसमिति, सेयर सदस्य लगायतका स्थानीय ब्यक्तिले रक्तदान गरेका थिए । सहकारीका अध्यक्ष बिकासकाजी श्रेष्ठले पछिल्लो समय मुलुकमा विरामीका लागि आवश्यक पर्ने रगतका अभाव भईरहेको बेला  केहि मात्रामा भएपनि रगतको अभावलाई कम गर्न  रक्तदान कार्यक्रम गरिएको बताए । रगत अभावका कारण बिभिन्न अस्पतालमा बिरामीलाई अति कष्ट भईरहेका समाचारहरु आउन थालेपछि त्यसलाई समाधान गर्नका लागि आफ्नो सहकारीले रक्तदान कार्यक्रम गरेको उनले जानकारी दिए ।

उक्त सहकारीका ब्यबस्थापक सुरेन्द्र तिवारीले सो सहकारीको १४ औं स्थापना दिवशमा खुल्ला रक्तदान गरेको बताए ।  नेपाल रेडक्रस सोसाइटी बाह्रबिसे उपशाखाको प्राबिधिक सहयोगमा रक्रतदान भएको हो । १४ औं स्थापना दिवसको अबसर पारेर संस्थाले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान र बिद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिएको ब्यबस्थापक तिवारीले जानकारी दिए । स्थापनाको १४ औं बर्षसम्म आईपुग्दा संस्था त्यस क्षेत्रमा छुट्टै  पहिचानले बनाउन सफल भएको छ । संस्थामा झन्डै ६ हजार सदस्य आबद्ध भएका छने भने संस्थाले आफ्नै भवनबाट सदस्यहरुलाई वितीय सेवा दिन सफल भएको छ।

blood donation d.JPG