शनिबार, कार्तिक ८ गते २०८३

 प्रतिभा बहुउदेश्यीय सहकारीले थाक्रे गाउँपालिकाका जनप्रतिनिधीलाई गर्यो सम्मान

आषाढ ३, २०७९ शुक्रबार
 प्रतिभा बहुउदेश्यीय सहकारीले थाक्रे गाउँपालिकाका जनप्रतिनिधीलाई गर्यो सम्मान


प्रतिभा बहुउद्देश्यीय सहकारी संस्थाले धादिङ जिल्लाको थाक्रे गाउँपालिकाबाट निर्वाचित जनप्रतिनिधिलाई  स्वागत तथा सम्मान   कार्यक्रमको आयोजना गरेको छ । संस्थाले २३ औं स्थापना दिवसको अवसरमा धादिङ सेवा केन्द्रमा उत सम्मान कार्यक्रम  आयोजना गरेको हो ।

स्थापना दिवसको अवसर पारी उक्त गाउँपालिकाका प्रमुख, उपप्रमुख, ११ वटै वडा अध्यक्ष तथा वडा सदस्य एवम् संस्थाका उत्कृष्ट सदस्य र महिला समूहलाई सहकारीले सम्मान तथा सफल कार्यकालको शुभकामना प्रदान गरेको हो । संस्थाले २ वर्षअघि धादिङको हातेमालो बहुउद्देश्यीय सहकारी संस्थासँग एकिकरण गरेको थियो ।

 संस्थाका अध्यक्ष माधव तिमल्सिानाले स्थापना दिवसको अवसरमा असार ५ गते   रक्तदान सहित विविध कार्यक्रम आयोजना गरिने बताए । बहुउदेश्यीय सहकारी भएकाले संस्थाले कृषि ,लघुवित र उत्पादनमूलक लगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।