जिल्ला सहकारी संघको आयोजनामा असार ५ र ६ गते काभ्रे जिल्लाका सहकारी व्यवस्थापक प्रमुखहरुको गोष्ठी हुने भएको छ ।
जिल्लामा रहेका सबै प्रकृतिका सहकारी संस्थाहरुमा कार्यरत व्यवस्थापन प्रमुखहरुलाई एकै स्थानमा जम्मा गरी गोष्ठीको आयोजना हुन लागेको हो ।
यसप्रकारको कार्यक्रम आयोजना गर्ने जिल्ला संघहरुमध्ये सम्भवतः पहिलो भएको काभ्रे जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्मा सम्भवतः भएको धारणा राख्छन् ।
२०२४ सालमा स्थापना भएको भएतापनि स्थापनाको ५५ बर्ष भइसकेको र जिल्लाभर एकताको सन्देस दिन पनि यसप्रकारको कार्यक्रम सञ्चालन गर्न लागिएको अध्यक्ष शर्माको भनाइ छ ।
बढ्दो सहरीकरण, सहकारी संस्थाको दर्ता अनि आवद्ध शेयर सदस्यहरुमा सेवा तथा जिम्मेवारी सहकारीका मूल्य, मान्यता, दर्शनमा आधारित भई प्रविधि, विधि र नीतिमा आधारित हुनुपर्दछ भन्ने सोचाईका साथ जिल्लालाई सहकारी अभियानमा लाग्ने जो कोहिले जिल्लाको सन्देश नेपालभर फैलाउन चाहेको अध्यक्ष शर्माको भनाई छ ।
सहकारी क्षेत्रमा लामो अनुभव हासिल गरिसकेका विज्ञहरुले सहकारी क्षेत्रका जल्दाबल्दा विषयमा कार्यपत्र गोष्ठीमा प्रस्तुत हुनेछन् । जसबाट हाल सहकारी क्षेत्रमा तत्काल उठेका र जान्नै पर्ने धेरै विषयहरु गोष्ठीको कार्यतालिकाभिर रहेका छन् ।
जिल्लाका १३ वटै पालिकामा रहेका सहकारी संस्थाहरु मध्ये पहिलो पटक १२० जना व्यवस्थापन प्रमुखहरुका लागि यो कार्यक्रम आयोजना गरिएको हो । संस्थामा सुशासन, जवाफदेहिता, पारदर्शिता अनि जिम्मेवारीको बोध गराई व्यवस्थित रुपमा व्यवस्थापन गरी संगठनात्मक पद्धति अनुरुप संस्था सञ्चालन गर्न यस्ता कार्यक्रमले सहयोग पुर्याउने भनाई शर्माको छ ।
संस्थालाई एउटा विधि र पद्धतिमा ल्याउन अनवरत रुपमा काम गर्ने कर्मचारीहरुका लागि रिफ्रेस गर्न र एक अर्कामा परिचित हुने अनुभव आदानप्रदान गर्ने थलो समेत भएकाले सहभागिताका लागि अपेक्षा गरिएको भन्दा निकै चासो सहकारी अभियानबाट आइरहेको संघका प्रमुख कायृकारी अधिकृत ज्ञानेन्द्र दाहाल बताउँछन् ।
जिल्लाको प्रतिष्ठासँग समेत जोडिएको हुँदा सबै खालका संस्था र संघहरुको साथ र सहयोग रहेको यो गोष्ठीले नेपालको सहकारी अभियानमा उत्कृष्ठ सन्देश दिने कुरामा ढुक्क रहेको अध्यक्ष शर्माको भनाइ छ ।