राष्ट्रिय सहकारी बैंककी संचालक सरिता तिमल्सिना भट्टराईले पदबाट राजिनामा दिएकी छिन् । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को तर्फबाट सूर्यविनायक नगरपालिको उपमेयरमा निर्वाचित भएकोले उनले बैंकको सञ्चालक पदबाट राजिनामा दिएकी हुन् ।
सहकारी ऐन तथा नियमावलीको व्यवस्था छ भने सहकारी विभागले हालै जारी गरेको निर्देशन अनुसार समेत सार्वजनिक पदमा भएको व्यक्ति सहकारी संघसंस्थाको संचालक बस्न नपाउने भनेको छ ।
राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको बैठकले भट्टराईले दिएको राजिनामा स्वीकृत गरिसकेको छ ।