नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुन बढाएको छ। गए राति १२ बजेबाट लागू हुने गरी निगमले पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल तथा मट्टितेल प्रतिलिटर १२ रुपैयाँ बढाएको हो।
यस अघि जेठ ८ गने पेट्रोल, डिजल र मट्टितेलमा १० रुपैया र खाना पकाउने ग्यासमा प्रति सिडिण्डर २०० रुपैयाका दरले वृद्धि गरिएको थियाे । सडकदेखि संसदसम्म विराेध चुलिएपछि कर छुटकाे नाममा जेठ १९ गतेबाट १० रूपैया सरकारले कम गर्न निगमलाइ निर्देशन दिएकाे थियाे ।
तर एकसाता नबित्दै पुनः मुल्यवृद्धि भएकाे छ । नयाँ मूल्यअनुसार पेट्रोल १७८ रुपैयाँ, डिजेल र मट्टितेल १६५ रुपैयाँ लिटर पर्नेछ। एलपी ग्यासको भने मूल्य यथावत् रहेको आयोगले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ बढेको र निगमको घाटा बढ्दै गएकाले मूल्य वृद्धि गर्नु परेको निगमले जनाउँदै आएको छ।