आइतबार, कार्तिक ९ गते २०८३

 ‘दीगो एवं एकीकृत सञ्जालको लागि नवीनतम साझा प्रविधि’ भन्ने थिममा चौथो साकोस शिखर गोष्ठी हुँदै

जेठ २६, २०७९ बिहीबार
 ‘दीगो एवं एकीकृत सञ्जालको लागि नवीनतम साझा प्रविधि’ भन्ने थिममा चौथो साकोस शिखर गोष्ठी हुँदै

 

चौथो साकोस शिखर गोष्ठी को तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को आयोजनामा हुन लागेको गोष्ठीको तयारी अन्तिम चरणमा पुगेको एक पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । 

‘दीगो एवं एकीकृत सञ्जालको लागि नवीनतम साझा प्रविधि’ मूल भाव र संकल्पसहित संघले यही जेठ २९ र ३० गते गोष्ठी गर्न लागेको नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले जानकारी दिए । होटल सोल्टीमा हुने उक्त कार्यक्रममा करिब ६ सय जना भन्दा बढीको सहभागी हुनेछन्।

बचत अभियानमा डिजिटलाइजेसन, डिजिटाइजेसन, डिजिटल ट्रान्सफमेसन र डिजिटल इन्क्लूजनलाई जोडेर प्रविधिमा नविनतम आयाममा कसरी जान सकिन्छ, भन्ने विषयमा गोष्ठी केन्द्रित हुने उनले बताए । 

श्रीलंका, बंगलादेश र भारतलगायत देशबाट प्रतिनिधिहरु सहभागी हुने गोष्ठीमा ८ वटा ब्रेकआउट र २ वटा प्लेनरी सेसन हुनेछन् ।  ‘प्रविधि हस्तान्तरणका विषयमा निर्णायकरुपमा गोष्ठीमा विस्तृत छलफल हुनेछ,’ उनले भने ।

पत्रकार सम्मेलनमा नेफ्स्कुनका वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता चन्द्रप्रसाद ढकालले साकोस अभियानमा भएका उपलब्धिहरूको आदानप्रदान गर्न साझा मञ्चको विकास गर्न गोष्ठी सफल हुने विश्वास व्यक्त गरे ।