आइतबार, कार्तिक ९ गते २०८३

मनकामना साकोसले शुरू गर्याे विलबुक नविकरण तथा सवारी कर भुक्तानी सेवा

जेठ २०, २०७९ शुक्रबार
मनकामना साकोसले शुरू गर्याे विलबुक नविकरण तथा सवारी कर भुक्तानी सेवा


मनकामना बचत तथा ऋण सहकारी संस्थाले सवारीसाधनको बिलबुक नविकरण तथा कर भुक्तानी सेवाको सुरुवात गरेको छ । 
स्मार्ट सर्भिस इन सातदोवाटो ललितपुरसँगको सहकार्यमा संस्थाले यस्तो सुविधा दिन शुरु गरेको हो ।  

संस्थाका प्रमुख कार्यकारी अधिकृत राजकुमार दाहाल तथा स्मार्ट सर्भिस ईनको तर्फबाट अञ्जान भट्टराईले सम्झौता पत्रमा हस्ताक्षर गरी सेवा सुरुवात गरिएको हो । काभ्रे, भक्तपुर र काठमाडौं जिल्लाभर कार्यक्षेत्र रही सञ्चालनमा आएको मनकामना साकोसका ८१०० सदस्य तथा अन्य सम्भावित शेयर सदस्यहरुको सुविधालाई ध्यानमा राखी यो सेवा सञ्चालनमा ल्याईएको संस्थाले जनाएको छ ।

सवारी साधनको कर भुक्तानी तथा विल बुक नविकरणको लागि आवश्यक पर्ने इन्स्योरेन्सको काम समेत शुल्क भुक्तानी गरेपश्चात साकोसबाटै गर्न सकिने, कागजपत्र र रकम उपलब्ध गराएको ४ दिन भित्र कार्य सम्पन्न भई सम्बन्धित ग्राहकलाई कागजात हस्तान्तरण गर्न सकिने गरी संस्थाले तयारी गरेको छ ।

व्यस्त जीवनशैलीलाई ध्यानमा राख्दै मुख्य कार्यालय बनेपा ५ घोकेचौर तथा सेवा केन्द्रहरु बनेपा गोदामचोक सेवा केन्द्र, पनौती सेवा केन्द्र, बेथाञ्चोक सम्पर्क कार्यालय ढुंखर्क, पाँचखाल सम्पर्क कार्यालय, कौशलटार सेवा केन्द्र, कोटेश्वर सेवा केन्द्र मध्य आफुलाई पायक पर्ने सेवा केन्द्रको माध्यमवाट सेवा लिन सक्ने छन् ।

सेवा वापतको शुल्कमा २ पांग्रे सवारी साधनको लागि रु ३५० र चार पाङग्रे सवारी साधनको लागि ४५० शुल्क लाग्ने समेत जानकारी संस्थाका प्रबन्धक सिताराम तिमल्सिनाले दिए ।