आइतबार, कार्तिक ९ गते २०८३

आयकरको दर नघटाए आन्दोलनमा जाने महासंघको चेतावनी

जेठ १८, २०७९ बुधबार
आयकरको दर नघटाए आन्दोलनमा जाने महासंघको चेतावनी

अर्थमन्त्री जनार्दश शर्माले आर्थिक वर्ष २०७९र०८० को बजेटमार्फत सहकारीमा  आयकर बढाएपछि राष्ट्रिय सहकारी महासंघले विरोध जनाएको छ । कर बढाएपछि महासंघले एक विज्ञप्ति जारी गरी असन्तुष्टी जनाएको हो । 

महासंघका अध्यक्ष मिनराज कडेलद्धारा जारी विज्ञप्तिमा सरकारले सहकारीमा लाग्ने आयकरको दर बढाएपछि बिरोध जनाएका हुन् । महासंघले आयकरको दर यथावत  राख्न माग गरेको छ । ‘आयकर दर वृद्धि गर्न न्यायोचित नभएकाले यथावत नेपाल सरकार, संघीय संसद एवं सम्बद्ध पक्षमा जोडदार माग गर्दछौं’ विज्ञप्तिमा उलेख्य छ । 

आयकरको दर बढाउने निर्णय नसञ्चाए सहकारी अभियान थप कदम चाल्न बाध्य हुने विज्ञप्तिमा भनिएको  छ । अर्थमन्त्री शर्माले नगरपालिका क्षेत्रमा सञ्चालित सहकारीलाई ७ ५ प्रतिशत, उपमहानगर पालिकाका सहकारीलाई १० प्रतिशत र महानगरपालिकामा सञ्चालित सहकारीलाई १५ प्रतिशत आयकर लाग्ने व्यवस्था गरेका छन् ।

सहकारी ऐनमा भने नगरपालिकामा ५ प्रतिशत, उपमहानगरमा ७ प्रतिशत र महागरपालिमा १० प्रतिशत आयकर  लगाउने व्यबस्था छ ।