पूर्व अर्थमन्त्री प्रधानमन्त्री विष्णु पौडेलले सरकारले पेश गरेको बजेट चुनावी घोषणापत्र भएको बताएका छन् । एमाले नेता पौडेलले संसदमा बजेटमाथिको छलफल बोल्दै आगामी वर्षका लागि ल्याइएको बजेट चुनाव घोषणापत्र जस्तै देखिएको जनाएका हुन् ।
आगामी मंसिरमा निर्वाचन गर्नैपर्ने बाध्यात्मक व्यवस्था रहेकाले बजेट चुनाव लक्षित भएको उनले बताए । बजेट मतदातालाई प्रभावित पारेर भोट बटुल्न ल्याइएको उनले आरोप लगाए ।
बजेटले लिएको ८ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य आधारहीन र असम्भव भएको पौडेलको भनाई छ ।
“आर्थिक वृद्धिदरको लक्ष्य यथार्थपरक र सम्भाव्य हुनुपर्नेमा सरकारले क्षमताभन्दा बाहिर गएर लक्ष्य निर्धारण गरेको छ ।”
वैदेशिक व्यापार घाटा बढेको बढ्यै छ । विदेशी मुद्राको सञ्चिति ६ महिनाभन्दा धेरै आयात धान्न नसक्ने अवस्थामा पुगेको, चालू खाता र शोधनान्तर खाता समेत घाटामा गएको र तरलता अभाव कहालीलाग्दो अवस्थामा रहेको भन्दै उनले वृद्धिदरको लक्ष्य पुरा हुनै नसक्ने उनको भनाई थियो ।
‘बजेटमा यर्थाथ र क्षमताभन्दा धेरै खर्चको योजना बनाइएको भन्दै पौडेलले चालु वर्षमा नै पर्याप्त बजेट खर्च हुन नसकेको उल्लेख गरे ।