अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९।०८० का लागि बजेट प्रस्तुत गर्न सुरु गरेका छन् । संघीय संसदको संयुक्त बैठक सभामुख अग्निप्रसाद सापकोटाले उनलाई बजेट प्रस्तुत गर्न अनुमति दिएका थिए ।
अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेटले आयातभन्दा उत्पादनतर्फ जोड दिएको बताएका छन् । उनले भने ‘बजेट आयातबाट उत्पादनतर्फ र जोखिमबाट आर्थिक स्थिरता र बञ्चितिकरणबाट समावेशीकरणतर्फ जोड दिएको छु । ’