प्रतिनिधि सभा एवं राष्ट्रिय सभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपछि उत्पादनमूलक उद्योग सञ्चालन गर्न प्रोत्साहन गरिने बताएकी छिन् । सार्वजनिक खरिद प्रणाली र कर प्रणाली सुधार गरिने, डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नीति तथा कार्यक्रममा कृषिलाई रोजगारी र आर्थिक वृद्धिको आधारका विकास गरिने, बन्द उद्योगहरुलाई पुन संञ्चालन गरिने, स्वदेशी उत्पादन प्रवद्र्धन र विस्तार गर्न मेक इन नेपाल र मेड इन नेपाल कार्यक्रमलाई बढावा दिने , सार्वजनिक खरिदमा स्वदेशी वस्तुको मात्रा बढाउँदै लगिने उल्लेख छ ।
त्यसैगरी उद्योग प्रशासनलाई सरल र प्रविधिमैत्री बनाइने राष्ट्रपतिले सम्बोधनका क्रममा उल्लेख गरिन् । औद्योगिक पूर्वाधार निर्माणमा नीजि क्षेत्रको संलग्नता बढाइने, पहुँच मार्ग र प्रशारण लाइन नीजि क्षेत्रले नै निर्माण गरेमा शोध भर्ना दिने, पुँजीगत खर्च वृद्धि गर्न र विकास आयोजना कार्यक्रमलाई कार्यान्वयन गर्न विकाससम्बन्धी छुट्टै कानुन तर्जुमा गरिने भएको छ ।