नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ब्याज बढ्दैमा निक्षेप बढ्दैन भन्ने प्रमाणित भएको बताएका छन् । महासंघद्वारा आयोजित आर्थिक स्थायित्वका लागि महासंघको पहल विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘ब्याज बढाउने बित्तिकै निक्षेप बढ्छ भन्ने अनुमान थियो तर, त्यो अहिले गलत प्रमाणित भयो, म गभर्नरज्यूलाई अब ब्याज बढाउनु हुन्न भन्ने आग्रह गर्छु,’ उनले भने ।
यस्तै, उनले मूल्यवृद्धि नियन्त्रणमामा ध्यान दिनु पर्ने भन्दै गोल्छाले अधिकांश देशमा मुद्रास्फिति बढेको बताउँदै नेपालम यसमा सजग बन्नु पर्ने उल्लेख गरे । उनले अब व्यापार घाटा बढ्न सक्ने, खाद्यान्न संकट निम्तिन सक्ने पनि धारणा राखे । बजेटका लागि विभिन्न सुझाव दिँदै उनले विद्युतिय उपकरण बढाउनु पर्ने, निर्माणाधीन जलविद्युत आयोजना सस्पन्न गर्नु पर्ने, विद्युतीय सवारी साधनको व्यवस्था गर्नु पर्ने र इन्धनमा लाग्ने कर घटाउनु पर्ने उनको धारणा थियो ।
यस आर्थिक वर्षका लागि बैंकहरु पनि ब्याजदर बढाउने पक्षमा देखिएका छैनन् । गत असोज महिनादेखि ब्याज वृद्धिमा आक्रमक नीति लिएपनि निक्षेप सुधारमा काम नगरेपछि बैंकहरुको ब्याजमा बृद्धि रोकिएको छ। यस अघि नै बैंकहरुले साधारण मुद्दतिमा ११.०३, रेमिटेन्स खातामा १२.०३ र संस्थागततर्फ १०.०३ प्रतिशत कायम गरिसकेका छन्।