शनिबार, आश्विन १७ गते २०८३

सिभिल क्यापिटल मार्केट सार्वजनिक विदामा पनि खुल्ला रहने

बैशाख २९, २०७९ बिहीबार
सिभिल क्यापिटल मार्केट सार्वजनिक विदामा पनि खुल्ला रहने


 
सिभिल क्यापिटल मार्केटले जेष्ठ १ गते आइतवारबाट सार्वजनिक विदाका दिनहरुमा (शनिबार बाहेक) विहान ११ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म संस्थाको सम्पूर्ण सेवाहरु सुचारु गर्ने भएको छ । ग्राहहरुको सुविधालाई ध्यानमा राखी सार्वजनिक विदाका दिनमा पनि निश्चित समय कारोबार सुचारु गरिएको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए । यस अघि नै संस्थाले सन्ध्याकालिन काउन्टर सेवा दिँदै आएको थियो । 

संस्थाले आषाढ मसान्तसम्म नया डिम्याट खाता रजिष्ट्रेशन र पहिलो वर्षको नविकरण शुल्क (रु. १५०) निःशुल्क गरेको छ । मेरो शेयर खाता खोल्दा लाग्ने शुल्क रु. ५० भने लाग्नेछ । त्यसैगरी पिएमएस। कर्पोरेट एड्भाइजरी सेवामा आषाढ मसान्तसम्म नयाँ कारोबार गर्दा हाल तोकिएको दरमा ५० प्रतिशतले छुट हुने सीइओ ढुंगेलले जानकारी दिए । 

विगत १३ बर्षदेखी सेवारत यस संस्थाले प्राथमिक शेयर निश्कासन, निक्षेप सदस्य, लगानी व्यवस्थापको कार्य, शेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पुँजीबजार सम्बन्धि सेवाहरु प्रदान गर्दै आईरहेको छ । शुरुदेखि हालसम्म ३० वटा आइपीओ, ३५ वटा आरपीएस, ३२ वटा हकप्रद, २० वटा शेयरलिलामी कार्य कम्पनीले गरिसकेको छ । 

निकट भविष्यमा नै सामुहिक लागानी कोष शुरुवात गर्ने योजना कम्पनीको रहेको ढुंगेलले जनाए । यस संस्थाले दिईरहेको सेवाहरु जस्तै, निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया , लगानी व्यवस्थापको कार्यको सुझाव, आइपिओ परामर्श लगायतका सेवाहरु सिभिल बैंकका सातै प्रदेशमा रहेका सबै शाखाहरुबाट सहजरुपमा नै उपलब्ध गराइएको छ । 
 
आगामी दिनहरुमा ग्राहकहरुको सुविधालाई मध्यनजर राख्दै संस्थाको कार्यशैली द्रूत गतिमा आधुनिकिकरण गर्दै ग्राहकवर्गलाई नविनतम प्रविधियुक्त सेवा, सुविधा र परामर्श प्रदान गर्नका साथै  निकट भविष्यमा नै डिपी खाता अनलाइन सेवा मार्फत खोल्न सकिने सुविधा दिने तयारीमा संस्था लागिरहेको सीइओ ढुंगेलले बताए ।