लुम्बिनी विकास बैंकले बैंकले कपिलवस्तु जिल्लाको शिवराज नगरपालिकाकाे चन्द्राैटा र बर्दिया जिल्ला मधुवन नगरपालिकाकाे तारातालमा शाखा सञ्चालनमा ल्याएको छ । यी दुई शाखासहित लुम्बिनी विकास बैंकका शाखाको संख्या ८३ पुगेको छ ।
बैंकको शिवराज नगरपालिका चन्द्रौटा शाखाको उद्घाटन सञ्चालक चिन्तामणि भट्टराई र लुम्बिनी प्रदेश सभासद अर्जुन केसीले संयुक्त रुपमा गरेका थिए ।
साथै ताराताल शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष दशरथ रिसाल र उद्योग वाणिज्य संघ तारातालका अध्यक्ष देवेन्द्र तिमल्सिनाले गरेका थिए ।