शनिबार, आश्विन १७ गते २०८३

ग्यास आयात पर्याप्त, कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही हुन्छ: आयल निगम

बैशाख २३, २०७९ शुक्रबार
ग्यास आयात पर्याप्त, कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाही हुन्छ: आयल निगम
 
 
बजारमा ग्यास सिलिण्डरको माग बढेपछि नेपाल आयल निगमले माग भन्दा बढी ग्यास आयात भइरहेको जनाएको छ । 
बजारमा ग्यास अभाव हुनुपर्ने कुनै अवस्था नरहेको र खपत भइरहेको औसत परिमाणभन्दा बढी एलपी ग्याँस आयात भइरहेको भन्दै निमगले ग्यास आयातको तथ्यांक सहित सार्वजनिक गरेको छ । 
 
बजारमा भने उपभोक्ताले सहज रुपमा विक्रेताबाट ग्यास नपाइरहेका गुनासो गरेका छन् । निगमका अनुसार एलपी ग्यासको खपत महिनामा ४५ हजार मेट्रिक टन छ तर अप्रिल महिनामा ४७ हजार १२७ मेट्रिकटन ग्याँस आयात भएको छ । 
 
चैतमा एलपी ग्यास उद्योग संघले बिक्री वितरणमा अवरोध गर्दा आपूर्ति व्यवस्था केहि प्रभावित भएपनि त्यसयता सहज आयात भइरहेको निगमको भनाई छ । निगमका सहप्रवक्ता पुष्कर कार्कीले मागभन्दा बढी परिमाणमा ग्यासको मौज्दात नराख्न समेत उपभोक्तालाई आग्रह गरेका छन् । 
 
निगमद्वारा जारी प्रेस विज्ञप्तिमा ग्याँसको मूल्य बढ्ने हल्ला फिजाएर कृत्रिम अभाव सिर्जना गरी अनुचित लाभ लिन खोजे कडा कारबाही गरिने को चेतावनी दिइएको छ।
 
noc press release.jpg