बुधबार, भाद्र ३ गते २०८३

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारणसभा सम्पन्न

बैशाख १५, २०७९ बिहीबार
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारणसभा सम्पन्न

 

आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । 

सभाले आर्थिक वर्ष २०७६र०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरणहरू पारित गरेको छ ।

सभाले कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने प्रस्ताव पारित गर्नुका साथै मर्जरसम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरेको छ ।

सभामा बोल्दै सभाका सभापति डा. रामहरि अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसायसम्बन्धी साक्षरताको अभाव रहेको भएता पनि कम्पनीले सो विषयलाई अवसरको रुपमा लिई न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा बीमाको पहुँच पुर्‍याउन कटिबद्ध रहेको बताए ।