बुधबार, भाद्र ३ गते २०८३

आइएमई जनरल इन्स्योरेन्सले शेयरधनीलाइ ७ प्रतिशत बोनस दिने

बैशाख ११, २०७९ आइतबार
आइएमई जनरल इन्स्योरेन्सले  शेयरधनीलाइ ७ प्रतिशत बोनस दिने

 

आइएमई जनरल इन्स्योेरेन्स कम्पनीको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । 

सभामा अध्यक्ष हेमराज ढकालेज्यूले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयां सेवाहरु सहित छुट्टै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिए । 

अध्यक्ष ढकालले विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकहरुबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको  अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु ऋणात्मक रहेको अवस्था छ । रेमिट्यान्स आप्रवाह घट्दो छ भने लगानीयोग्य पुँजी को अभाव चरम रहेको जानकारी बताए । 

कम्पनीले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७७/०७८ मा बीमा प्रिमियम ९ प्रतिशत बढी संकलन गर्न सफल भएको छ । कम्पनीले समीक्षा वर्षमा काठमाडौं महानगरपालिका वडा नं. ३ पानीपोखरीमा मूल सडकमा जोडिएको २ रोपनी ६ आना २ पैसा ३ दाम जग्गा खरिद गरेको थियो । चालु आर्थिक वर्षमा उक्त जग्गामा कम्पनीको प्रधान कार्यालयको प्रयोजनको लागि करिब ६० हजार वर्गफिटको ९ तल्लाको भवन निर्माण गर्न नक्शा तयार गरी निर्माण कार्य अगाडि बढाइसकेको छ । 

कम्पनीले चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्नेे प्रस्ताव साधारण सभाबाट पारित भएको छ । बोनस शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूँजी १ अरब ७० करोड १६ लाख ५१ हजार ४ सय २० पुग्नेछ । 

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २४औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वागत गर्दै कम्पनीले आफ्ना ग्राहक, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारीहरुको टिमवर्कले बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भइरहेको जानकारी गराए । 

आ.ब. २०७६÷७७ मा रु. १ अरब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा रु.१ अरब ५२ करोड २१ लाख  बीमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा ९ प्रतिशतले बीमा शुल्क वृद्धि भएको भई चैत्र मसान्तसम्ममा कम्पनीले कूल १ अरब २८ करोड ६१ लाख बीमा शुल्क आर्जन गरिसकेको छ । 

लघु बीमा, कृषि तथा पशु बीमा लगायत स्वस्थ्य बीमालाई अगाडी बढाउँदै बीमा सेवालाई जनस्तरसम्म पु¥याउनको लागि ७ वटै प्रदेशहरुमा शाखा विस्तार गरेको सीइओ श्रेष्ठले जानकारी दिए ।