शनिबार, आश्विन १७ गते २०८३

मुलुकको आर्थिक वृद्धिदर सरकारी लक्ष्यको आधामात्रै हुने विश्व बैंकको प्रक्षेपण

बैशाख ८, २०७९ बिहीबार
मुलुकको आर्थिक वृद्धिदर सरकारी लक्ष्यको आधामात्रै हुने विश्व बैंकको प्रक्षेपण

 

विश्व बैंकले मुलुकको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा सीमित हुने जनाएको छ । आ.व. २०७८।७९ को आर्थिक विधेयकमा सरकारले ७ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखेको थियो । यस हिसाबले लक्षित वृद्धिदरको आधा मात्र प्राप्ति हुने प्रक्षेपण विश्व बैंकले गरेको छ । 

विश्व बैंक आफैंले यसअघि गरेको प्रक्षेपण भन्दा पनि न्यून हुने गरी यो नयाँ प्रक्षेपण जारी गरेको हो । पुस मसान्तमा बैंकको प्रक्षेपण ३.९ प्रतिशतको हाराहारीमा थियो । चालु आर्थिक वर्षको ९ महिना व्यतित भइसकेको र अबको साढे २ महिनाको आर्थिक गतिविधिले आर्थिक गणनामा ठूलो हिस्सा नओगट्ने हुँदा लक्षित वृद्धिदरको लक्ष्य कुनैपनि हालतमा भेट्न सकिने देखिँदैन । 

आज नेपाल डेभलपमेन्ट अपडेट सार्वजनिक गर्दै विश्व बैंकले आर्थिक वृद्धिदर ३.७ प्रतिशत मात्र कायम रहने अनुमान गरेको छ । खासगरी बाह्य क्षेत्रमा परेको तीव्र दबावको प्रभाव अर्थतन्त्रमा समेत पर्ने देखिएको हो । जसमा रुस र युक्रेनको युद्ध र उसले निम्त्याएको महंगी एक कारण हो । वि६ महिनाको अवधिका तथ्यांकहरुको विशलेषण गर्दै विश्व बैंकले कमजोर विकास खर्चको अवस्थालाई समेत चित्रण गरेको छ ।