शनिबार, आश्विन १७ गते २०८३

ललितपुरको औद्योगिक क्षेत्रभित्र विस्फोट, एकजना कामदारको मृत्यु

बैशाख ८, २०७९ बिहीबार
ललितपुरको औद्योगिक क्षेत्रभित्र विस्फोट, एकजना कामदारको मृत्यु

 

ललितपुरको औद्योगिक क्षेत्रभित्र आज बिहान भएको विस्फोटमा परी एकजनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।

औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा अक्सिजन भर्ने क्रममा एक्कासी विस्फोट भएको ललितपुर प्रहरीले जनाएको छ । 

मृतक सोही प्लान्टका श्रमिक भएकाे खुलेकाे छ । भारतको पश्चिम चम्पारम घर भएका ४५ वर्षीय ब्रिज महतोको मृत्यु भएको  प्रहरीले जनाएकाे छ। अक्सिजन रिफिल गर्न कुरिरहेका महतोको शव क्षतविक्षत भएको थियो । घाइते रहेका भारतकै राजकुमार महतोको अवस्था पनि चिन्ताजनक रहेको छ ।

प्लान्टमा कार्यरत अन्य श्रमिकलाई भने प्रहरीले उद्धार गरेको जनाइएको छ । अक्सिजन भर्नेक्रममा प्राविधिक त्रुटि भएर विस्फोट भएको हुन सक्ने प्रहरीकाे प्रारम्भिक अनुमान रहेकाे छ ।