चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था आजबाट स्थापनाको २० वर्ष पार गरी २१औं वर्षमा प्रवेश गरेको छ । संस्थाको स्थापना दिवसको अवसरमा एक सन्देश प्रकाशित गर्दै संस्थाका अध्यक्ष योगेन्द्र कुमार कुँवरले समुदायमा आधारित रहेर सञ्चालित संस्थाले विभिन्न आरोह अवरोह पार गर्दै सदस्यहरुको आर्थिक, सामाजि र साँस्कृतिक उन्नयनका काम गर्दै आफ्नो पहिचान स्थापित गर्न सकेको जनाएका छन् । सदस्यहरुले संस्थाप्रति देखाएको विश्वास र सक्रियताले नै संस्था आजको स्थानमा आइपुगेको उनले जनाएका छन् ।
सहकारी मुल्यमान्यता र सिद्धान्तमा रहेर बचत ऋण सेवा प्रदान गर्नुका साथै सदस्य र सदस्यका परिवारको सुरक्षाका लागि सञ्चालन गरेका सदस्य सुरक्षा कार्यक्रम, डिजिटल सहकारी सेवा, विभिन्न अन्य सेवा, समुदायको शिक्षा, स्वास्थ्य र उद्यमशीलतालाई लक्षित गरी सामाजिक उत्तरदायित्व बहन गरी संस्थाको कार्यक्षेत्र भित्रको पहिलो रोजाईको संस्था बन्न सकेको अध्यक्ष कुवँरले जनाएका छन् ।
सीमित व्यक्ति र श्रोतसाधनबाट स्थापना भएको संस्थामा दुई दशकभित्र १५००० भन्दा बढि सदस्य, झण्डै ३ अर्बका कुल सम्पत्ति र समुदायको आवश्यकतामा आधारित वस्तु तथा सेवाकासाथ सशक्त ढंगबाट उभिन सफल भएको छ ।
अध्यक्ष कुवँरले हजारौं बचत तथा ऋण सहकारीहरुको भीडमा चन्द्रागिरिलाई एक भरोसायोग्य संस्थाको रुपमा उभ्याउन सहयोग पु¥याउने संस्थाका सदस्यहरु, अग्रज, सञ्चालक, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमिति, सीइओ तथा कर्मचारी व्यवस्थापन लगायत अभियानका छाता संगठन र नियामक निकाय लगायतप्रति विशेष आभार व्यक्त गरेका छन् ।
