शनिबार, आश्विन १७ गते २०८३

नयाँ वर्षमा आइएमईको योजना: "२०७९ मा २०७९"

बैशाख २, २०७९ शुक्रबार
नयाँ वर्षमा आइएमईको योजना: "२०७९ मा २०७९"
 
 
नयाँ वर्ष २०७९ को अवसरमा आइएमईले “आइएमई २०७९ मा २०७९” नामक सेवाग्राहीमैत्री व्यापार प्रवद्र्धनात्मक योजना सार्वजनिक गरेको छ । यो योजना १ बैशाख देखि ३१ गतेसम्मका लागि कायम रहनेछ ।
 
एक विशेष कार्यक्रममा योजना सार्वजनिक गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले पर्व वा विशेष अवसरलाई लक्षित गरी तयार पारिएको यस्ता सेवाग्राहीमुखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रमले सेवाग्राही र आइएमईबीचको सम्बन्धलाई अझ मजबुत बनाउन भूमिका खेल्दै आएको जनाए । 
 
“आइएमई २०७९ मा २०७९” को एक महिने योजनामा विदेशबाट आइएमई मार्फत पठाइएको रकम नेपालभरी छरिएका एजेन्ट÷सव एजेन्ट आउटलेट मार्फत प्राप्त गर्दा, बैंक ट्रान्सफर गर्दा वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा हरेक हप्ता १५ जना विजेता रहने गरी यो योजना अवधी भरी जम्मा ६० जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति रू. २,०७९÷‐ र बम्परमा १ भाग्यशाली विजेतालाई रू. २,०७,९०० प्रदान गरिने जनाएको छ । 
 
यस योजनाको नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू, वेब साइट एवम् संचारका माध्यम मार्फत सार्वजनिक गरिनेछ । योजना अवधिका लागि निर्धारित सेवा वा शर्तहरू लागु हुने कम्पनीले जनाएको छ ।