शनिबार, कार्तिक ८ गते २०८३

सबल महिला बहुउदेश्यीय सहकारीद्धारा सदस्य शिक्षा कार्यक्रम आयोजना

चैत्र २८, २०७८ सोमबार
सबल महिला बहुउदेश्यीय सहकारीद्धारा सदस्य शिक्षा कार्यक्रम आयोजना


 सबल महिला बहुउद्देश्यीय सहकारी  संस्थाले सदस्य शिक्षा कार्यक्रम आयोजना गरेको छ । संस्थाले ६५ औं राष्ट्रिय सहकारी दिवसको अबसर पारेर सदस्य शिक्षा कार्यक्रम आयोजना गरेको हो ।

 सहकारी संस्थाका  लघुवित्त कार्यक्रममा आबद्ध भएर कारोबार गर्ने सदस्यहरुलाई लक्षित गरि कार्यक्रम आयोजना गरिएको संस्थाकी प्रबन्धक गिता फुल्लेलले जानकारी दिइन ।  कार्यक्रममा  लघुवित्त मार्फत वित्तीय कारोवार गर्दा पालना गर्नुपर्ने नीतिगत तथा कानुनी कुराहरुको  बारेमा जानकारी गराउनुका साथै समूहमा काम गर्दा प्राप्त हुने सबल पक्षहरुको बारेमा  समेत जानकारी गराइएको उनले बताईन ।

mahila saccos.jpg

संस्थाकी अध्यक्ष ईश्वरी हुमागाँईको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकको चाहविल शाखा प्रमुख जानुका नेपालले सहभागीहरुलाई  प्रशिक्षित गरेकी थिइन । कार्यक्रममा २५ लघुवित समुहका ३५ जना महिला सदस्यको सहभागिता रहेको थियो ।