काठमाडौं महानगरपालिका र जिल्ला सहकारी संघ, काठमाडौंको संयुक्त आयोजनामा सहकारी गोष्ठी सम्पन्न भएको छ । ६५ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘स्थानीय सरकार र जिल्ला संघको भूमिका’ विषयमा गोष्ठी गरिएको हो ।
काठमाडौं महानगरपालिकाका प्रशासकीय अधिकृत लोकराज पौडेलको प्रमुख आतिथ्यमा तथा जिल्ला सहकारी संघका अध्यक्ष ज्ञानबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा सहभागीलाई काठमाडौं महानगरपालिका सहकारी विभाग प्रमुख देवेन्द्र पोखरेलले स्वागत गरेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सहकारी विभाग प्रमुख पौडेलले सहकारीमा देखिएको विकृति अन्त्य गर्न नयाँ सहकारी संस्था दर्ता गर्न दिएक थिए। हालसम्म सय वटा नयाँ संस्था दर्ता भएको जानकारी गराउँदै ७ सय ५० वटा सहकारीलाई डिजिटालाइज गरेको जनाए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पौडेलले मुलुकको संविधानले निजी, सरकारी र सहकारी क्षेत्रलाई अर्थतन्त्रका तीन खम्वाकोरुपमा स्वीकार स्मरण गराउँदै सहकारीको योगदान चार प्रतिशत भन्दा बढि नभएको धारणा राखे । जनताको बचत जोखिममा पार्ने सहकारीलाई कानुनी कारबाहीको दायरामा ल्याउन महानगरपालिकालाई सहकारी अभियानले पनि सहयोग गर्नुपर्ने औंल्याए ।
काठमाडौं महानगरपालिका सहकारी विभागका उपनिर्देशक विमला कोइरालाले सबल, सक्षम र गतिशील संघ बनाउन सहकारी विभागले सहयोग गरेको उल्लेख गरे ।
महानगरको सहकारी कानुन निर्माण गर्ने क्रममा सबै सहकारीकर्मीहरुको सल्लाह र सुझाव उनको थियो । राज्यको मात्र नभएर सहकारीकर्मीको पनि उत्तिकै साथ र सहयोग रहनुपर्ने धारणा राख्दै सम्पूर्ण सहकारीकर्मीलाई जिम्मेवारीपूर्वक लाग्नु पर्ने उल्लेख गरे ।
काठमाडौ महानगरपालिका सहकारी विभागले प्रायोजन गरेको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका संचालक टेकप्रसाद चौलागाईले कार्यपत्र प्रस्तुत गरेका थिए ।
