बनेपामा मुख्य कार्यालय रहेको यु एम बचत तथा ऋण सहकारी संस्थाले मन्दिर सरसफाई गरेको छ। संस्थाले ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बनेपा नगरपालिका वडा नम्बर १ नालामा रहेको नवनिर्मित भगवती मन्दिर परिसरमा सरसफाइ कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रममा केन्द्रिय कार्यालय र बनेपा सेवा कार्यालयका सम्पुर्ण कर्मचारीहरुको उपस्थित रहेको थियो ।
संस्थाले नवनिर्मित भगवती मन्दिर परिसरको फोहोर संकलन तथा वरपरको घाँस उखल्नुका साथै पानीले मन्दिर सफाई समेत गरेको थियो । संस्थाले विगतमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्य गर्दै आएको जनाएको छ ।
