शुक्रबार, कार्तिक ७ गते २०८३

विकृती नरोक्ने हो भन्ने सहकारी अभियानको अस्तित्व सकिन्छः बिजुक्छे

चैत्र २१, २०७८ सोमबार
विकृती नरोक्ने हो भन्ने सहकारी अभियानको अस्तित्व सकिन्छः बिजुक्छे


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको आयोजनामा जिल्ला स्थित जिल्ला सहकारी संघ, जिल्ला कृषि सहकारी संघ र जिल्ला बहु्उद्देश्यीय सहकारी संघहरुको सममन्वयमा ६५ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले स्थानीय जनताले समुदायको आर्थिक, सामाजिक र साँस्कृतीक विकासका लागि खोलिएका सहकारी संस्था मात्र सहि सहकारी भएको बताए । व्यक्तिगत तथा नाफाको लागि मात्र खोलिएका सहकारी नभई फाइनान्स कम्पनी जस्तै भएको भन्दै उनले त्यस्ता सहकारी र विकृती विरुद्ध अभियानले निन्तर संघर्ष गर्नुपर्ने बताए । यदी सहकारीका विकृतीहरु नरोक्ने हो भन्ने सहकारी अभियान नष्ट हुन सक्छ भन्दै बिजुक्छेले सहकारीमा संकलित पूँजी उत्पादनमूलक क्षेत्रमा लगानी गरी रोजगारी सृजना गर्नुपने बताए । 

विशेष अतिथि भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्माले नेपालमा संगठित र ठुलो सञ्जाल भएको सहकारीले पुँजी परिचालन, रोजगारी सृजना र लैगिंक समानताको लागि महत्वपूर्ण भुमिका खेलेको बताए ।सहकारीको संख्यात्मक बृद्धिसंगै गुणात्मक बृद्धिमा जोड दिदै उनले  लगानीका क्षेत्रहरु पहिचान गरी सहकारीले उत्पादन बृद्धि र वित्तीय अनुशासन कायम गर्नुपर्ने विचार राखे ।

जिल्ला सहकारी संघ लि.का अध्यक्ष केदार खड्काले सहकारी ऐन नियम विपरित गुणात्मक बृद्धि भन्दा संख्यात्मक बृद्धि भएको बताए । हाल प्रदेश सहकारबाट प्रक्रिया नपु¥याई बहुउद्देश्यीय सहकारी संस्थाहरुको दर्ता सहकारीमा विकृती ल्याउने तर्फ सचेत हुनुपर्ने उनको भनाई छ । प्रक्रिया नपु¥याई दर्ता भएका संस्थाहरुलाई भक्तपुर नगरपालिकाले सूचना नै प्रकाशित गरी आम समुदायलाई सचेत बनाएको कुरा उनले बताए । 

कार्यक्रमका सभापति संघका अध्यक्ष कृष्ण गोविन्द लाखाजुले २०१३ चैत्र २० गते चितवनको बखानपुर ऋण समिति दर्ता भएको दिनलाई आधारित भएर राष्ट्रिय सहकारी दिवस मनाउदैं आएको कु्रा बताउदै सहकारीमा सन्दर्भ व्याजदर ऋणमा १६ प्रतिशत तोकिए पनि कार्यान्वयन नभएको जनाए  । ऋणमा प्रदान गर्ने व्याज भन्दा बढी व्याज प्रदान गरी बचत संकलन गर्ने सहकारी संस्थाको छानबिन गर्नुपर्ने उनको भनाई छ । सहकारीलाई स्वछन्द रुपमा छोड्ने हो भन्ने विकृती बढ्ने तर्फ ध्यानआकर्षण गराउदैं कानुन बमोजिम दण्ड सजाय हुनुपर्ने उनको जोड छ ।

संघका उपाध्यक्ष हरि बल्लले सहकारीलाई बैंक वित्तीय सरह मालपोट कर उठाउनु जायज न भएको बताए  । सहकारी ऐनमा एक व्यक्ति एक सहकारीको व्यवस्था शंसोधन गर्न संघले प्रदेश सरकारमा निवेदन पेश गरेको कुरा समेत  उनले बताए । कार्यक्रमको संचालन संघका सचिव जगनाथ प्रजापतिले गर्नुभयो । प्रभातफेरी कार्यक्रममा १२४ वटा संस्थाहरुबाट ३००० जना भन्दा बढी सहकारीकर्मीहरुको उपस्थिति रहेको थियो । bkt 1.jpg